अन्तरकलेज छात्रा भलिबल प्रतियोगिता उद्घाटन
- मंसिर २३, २०८१
भक्तपुर, ५ साउन । अन्तर्राष्ट्रिय पहिचान दिवसको अवसरमा शनिबार आयोजित खुला बुद्धिचाल प्रतियोगितामा काठमाडौँका क्षितिज भण्डारी प्रथम हुनुभएको छ ।
चेस एशोसियसन गठन भएको १०० वर्ष पूरा भएको अवसरमा भक्तपुरको फ्रेन्डस् अफ नेसन क्लवले भक्तपुर जिल्ला बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाका ६२ जना खेलाडीहरू सहभागी थिए । ९ चरणमा खेलाइएको सो खेलमा द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः पुरूषोत्तम सिलवाल, बुद्धिलाल नेपाली, नवीन कुलौती, रूपेश जैसवाल, सुमन मोक्तान, सुरज महर्जन, आसिस कुयाल, सुशील चौधरी र कमल श्रेष्ठ हुनुभयो ।
प्रतियोगितापछि आयोजित समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विजेता खेलाडीहरूलाई शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।
उहाँले चेस एक बौद्धिक खेल हुनुको साथै राजनीतिक खेल पनि भएको चर्चा गर्दै चेस खेलमा विपक्षीलाई हराउन विपक्षीका सबै चाल थाहा पाउनु जरूरी भएजस्तै व्यवहारिक जीवनमा पनि शत्रुबाट गरिरहने हरेक कदमबाट जोगिनु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले अरू खेलजस्तै चेसलाई पनि प्राथमिकतामा राखेको छ । नपाकै आयोजनामा अन्तरनगर चेस प्रतियोगिता भयो† जहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूले भाग लिएका थिए ।”
देशको राजनीति पनि चेस खेलसँग मिल्दोजुल्दो छ; चेसको खेलभन्दा पनि छिटो सरकार ढल्ने अवस्था सृजना भइरहेको छ, उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “जति गतिविधि हुन्छन् त्यति नै राम्रा खेलाडीहरू तयार हुने हो, खेलकुदको माध्यमबाट भक्तपुरलाई चिनाउन भनपाले खेलकुदमा जोड दिँदै छ । खेलकुदलाई शैक्षिक योग्यतासँग समकक्षता दिने व्यवस्था भए धेरै राम्रा खेलाडीहरू तयार हुनेछन् ।”
खेलकुदमा राज्यको पर्याप्त ध्यान नपुग्दा अरूको तुलनामा खेलाडीहरू धेरै पछि परेको चर्चा गर्दै उहाँले खेलाडी विदेश पलायन हुनु एउटा रोगजस्तै भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष हितकाजी महर्जनले पनि बोल्नुभएको थियो । खेलका निर्णायक निरञ्जन प्रजापतिले विजेताको घोषणा गर्नुभएको थियो ।
Leave a Reply