भर्खरै :

साइकल यात्रा पनि एक साहसिक खेलकुद

साइकल यात्रा पनि एक साहसिक खेलकुद

भक्तपुर, ५ साउन । साइकल कनेक्ट भक्तपुरको आयोजनामा १०० किमि, ७५ किमि, ५० किमि र २५ किमिको साइकल यात्रा कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले साइकल यात्रा पनि एक प्रकारको साहसिक खेलकुद नै भएको धारणा राख्दै खेलकुद स्वास्थ्यको लागि हुुनुपर्ने बताउनुभयो ।
“साहसिक साइकल यात्रामा सहभागी सबैले सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षा गर्दछु । सहभागी कसैलाई पनि स्वास्थ्य समस्या नआउने विश्वास गर्दछु”, उहाँले भन्नुभयो ।
नेपालमा साइकल आयात गर्नुपर्ने चर्चा गर्दै सांसद सुवालले साहसिक साइकल यात्रीहरूको सबैको साइकल सुरक्षित हुने अपेक्षा गर्दछु भन्नुभयो ।
“नेपालमा सियो बन्दैन† साइकल, गाडी, हवाईजहाज, भूउपग्रह कहिले निर्माण हुने होला ? इन्टरनेटको आफ्नै उपग्रह नेपालको हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न पाए अनुसन्धानका कार्य अघि बढ्नेछ । विज्ञान र प्रविधिको अनुसन्धानमा नेपाली अघि बढ्न ख्वप विश्वविद्यालय स्थापना हुनु जरूरी छ, सांसद सुवालले स्पष्ट गर्नुभयो ।
नेपालका सरकारहरूले युवालाई वैदेशिक रोजगारीमा पठाउने र दाल, चामल तरकारीसमेत विदेशबाट किन्ने गलत काम गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालको नदीनाला र बिजुली भारतलाई दिने सरकारहरू कसरी देशभक्त हुन्छन् ? सरकारले शिक्षा, ऊर्जा, कृषिमा जोड दिनुपर्दछ ।”
सांसद सुवालले भन्नुभयो, “महँगी दिन दुईगुणा र रात चौगुणा बढ्दै छ । सर्वसाधारण जनताको जीवन झन् कठिन भइरहेको छ । सरकारहरूले सुशासन प्रत्याभूति गर्न सकेका छैनन् । पालैपालो सरकारमा जानेहरू ६–८ महिना कुर्सीमा बसेर जिम्मेवारी नलिने गर्दै छन् ।”
युवाहरूले युद्धको विरोध गर्नु आवश्यक छ । युक्रेनमा रूसविरूद्ध र मध्यपूर्वमा प्यालेस्टिनविरूद्धको युद्धले एसियामा तेस्रो विश्व युद्धको खतरा देखाउँदै छ । प्यालेस्टिनमा साम्राज्यवादविरूद्धको बमवारूदले १ लाख ८६ हजार बढीको ज्यान गयो । ज्यान गएकामध्ये आधाभन्दा बढी बालबच्चा र महिला छन् । यसको अर्थ प्यालेस्टिनमा जातीय नरसंहार र कब्जा भइरहेको हो । नेपालमा सरकारहरू हतियार भएका देशको पछि लाग्नु हुँदैन, उहाँले भन्नुभयो ।
आयोजक समितिका सद्दाम बालाले साहसिक साइकल यात्राको माध्यमबाट पनि भक्तपुरलाई बाह्य र आन्तरिक पर्यटनको गन्तव्य बनाउन सहयोग गर्ने उल्लेख गर्नुभयो ।
सांसद सुवालले साइकल यात्राको झन्डा र नेपालको झन्डा सहभागी साहसिक साइकल यात्री सुनिल यात्रुलाई हस्तान्तरण गर्नुभयो भने रिबन काटेर यात्राको उद्घाटन गर्नुभयो ।
साहसिक साइकल यात्रामा सालाखाला ३५० जनाले १०० किमि, २०० जनाले ७५ किमि, ६०० जनाले ५० किमि, ७५ जनाले २५ किमिको लक्ष्य लिएका थिए ।
करिब १३०० साहसिक साइकल यात्री सहभागी भएकोमा एकसत्न्दा बढी महिला थिए ।
भक्तपुरको नपुखुबाट सुरू भएको सो यात्रा सोही स्थानमा समापन भएको थियो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले नपुखुमा ‘गो लोकल’ नामको प्रदर्शन सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *