भर्खरै :

शिकारीटार दधिकोटमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

शिकारीटार दधिकोटमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर, ५ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ, शिकारीटार टोल सुधार समाज, दधिकोटको संयुक्त आयोजना तथा ख्वप अस्पताल, ख्वप तिलगंगा आँखा अस्पताल, भक्तपुरको प्राविधिक सहयोगमा शनिबार जनरल मेडिकल, नाक, कान, घाँटी, दन्त सेवा, प्रेसर, सुगर र आँखा रोगहरूको एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सांसद सृजना सैँजुले चिसो पेयपदार्थ अत्यधिक प्रयोगले हड्डी खिइने, चिल्लो पदार्थ केमिकलयुक्त भएकोले सर्ने रोगभन्दा नसर्ने रोग बढिरहेको उल्लेख गर्दै यो सबै हुनुको प्रमुख कारण विषादीयुक्त खाद्यपदार्थ आयात हुनु हो भन्नुभयो ।
हाम्रो देशमा खाद्य वस्तु उत्पादन नहुनु र युवाहरू विदेश जानुमा सरकार नै दोषी रहेको चर्चा गर्दै उहाँले राज्य गैरजिम्मेवार भएकोले जनताको स्वास्थ्य दिनप्रतिदिन बिगँ्रदै गएको हो भन्नुभयो ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सरकारले ४ प्रतिशतमात्र बजेट छुट्याउनु जनताप्रति स्वास्थ्य सेवाबाट वञ्चित बनाउन खोजेको उल्लेख गर्दै उहाँले पार्टीका नेताहरू आ–आफ्नो स्वार्थमा लिप्त भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैया सुवालले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा महिला दिदी बहिनीहरूले पाठेघर, स्तन क्यान्सरसम्बन्धी रोगबाट बच्न सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुन्छेँले सूर्यविनायक नपाले पनि घरघरमा नर्सिङ सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
गंगालाल हाकुजु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सर्मिला श्रेष्ठ र मीना त्यात श्रेष्ठले पनि बोल्नुभएको थियो । सो शिविरमा जनरल फिजिसियन डा.नरेश दुवाल, भ्ल्त् डा. बेलु कायष्ठ, डेन्टल डा.नितु मानन्धर र आँखा विशेषज्ञ डा. धिरज अधिकारीले सेवा दिनुभएको थियो । स्वास्थ्य शिविरमा १७९ जनाले निःशुल्क स्वास्थ्य सेवा लिनुको साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *