न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
शंखरापुर, ५ साउन । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आ.व.२०८१/०८२ को बजेट तर्जुमा, वार्षिक नीति तथा कार्यक्रम र पुनःताजगी कार्यक्रम जरसिंह पौवा हिल भिजन रिसोर्टमा संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीमा पल्र्सअनुसार दसदेखि पन्ध्र प्रतिशत सदस्य वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऋणको ब्याजले हरेक कार्यक्रम र प्रशासन कार्यालय खर्चबाट बचेको रकम नै संस्थाको नाफा भएकोले ऋण संस्थाको मेरुदण्ड भएको बताउनुभयो । उहाँले अहिले सहकारी डुब्नुमा सहकारीबाट लगेको ऋणीको बारेमा नबुझी र ऋण दिँदा धितो, तिर्नसक्ने क्षमताबारे मूल्याङ्कन नगरी ऋण दिँदा ऋण असुल्न गा¥हो भएको र ऋणीले उत्पादन क्षेत्रमा लगानी नगर्दा ऋणी डुबेको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष एवम् बजेट तर्जुमाका संयोजक तुल्सीकेशरी छँुजु प्रजापतिले सहकारीले भूकम्प, कोरोना र आर्थिक सङ्कटजस्ता विभिन्न समस्याहरू झेल्दै आएको उल्लेख गर्दै योजना, वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा जनताको विश्वास जित्नसक्ने खालको हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष श्रीप्रसाद प्रजापति, सचिव सत्यराम ज्ञामरु, प्रबन्धक गौतम कुटुवाजुु, लेखा संयोजक हरिकृष्ण प्रजापति, रामकृष्ण लवजु, राजुसिं बजिको, चम्पा ज्ञामरु, सिद्धान्त प्रजापति, तुल्सीराम प्याठ, सीतालक्ष्मी कोजूले पनि आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष तुल्सीकेशरी प्रजापतिले पेस गरेको बजेट र प्रगति प्रतिवेदन पारित गरिएको थियो ।
Leave a Reply