भर्खरै :

वक्तृत्वकला प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण

वक्तृत्वकला प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण

भक्तपुर, ५ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, भक्तपुर नगर वडा नं ३ एकाइले आयोजना गरेको वक्तृत्वकला प्रशिक्षणमा सहभागीलाई शनिबार एक कार्यक्रमबिच प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले सिक्ने काम कहिल्यै नसकिने भन्दै निरन्तर अभ्यासले सफल बनाउने विचार राख्नुभयो । उहाँले सञ्चार सीप सबैमा आवश्यक भएको भन्दै अध्ययनले नै क्षमताको विकास गर्ने भनाइ राख्दै कोही कस्तो बन्छ भन्नेमा कस्तो पुस्तक पढेको छ या कस्तो मानिससँगको सङ्गत गरिएको छ भन्नेमा फरक पर्ने बताउनुभयो ।
उहाँले ज्ञानमात्र भएर नपुग्ने बरु आफूले प्राप्त गरेको ज्ञान शोषित तथा पीडितवर्गको हितको निम्ति प्रयोग गर्नुपर्ने भनाइ राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले हामीले पुरानो पुस्ताबाट धेरै शिक्षा पाएको अब नयाँ पुस्ताको निम्ति के छोड्ने भन्नेमा चिन्तन गर्नुपर्ने सुझाव दिनुभयो ।
आयोजक समितिका अध्यक्ष अनिश साखको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा वडा नं ३ का रामसुन्दर खाताख्व र रामकृष्ण त्वायना, वडाध्यक्ष राजकृष्ण गोरा, नेक्राविसङ्घका सचिव तथा प्रशिक्षक दिनेश खड्गी, विद्यार्थीहरू कुशल सुवाल, इरा त्वायना, प्रशान्त भैल र अणु मानन्धरले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *