भर्खरै :

गुरुको सम्झना

गुरुको सम्झना

सोध्नुपर्ने प्रश्न मैले सोध्दै सोधिनँ कि !
गर्नुपर्ने आदर पनि मैले गरिनँ कि !
आज मलाई कताकता पछुतो नि लाग्छ
जसको नाम सम्झी मेरो शिर निहुरिन्छ ।

मैले कति दुःख दिएँ तनाव कति दिएँ
त्यतिखेर केटाकेटी म अबुझी थिएँ
मनभरि खेल्छन् कुरा कसले क्षमा दिन्छ
जसको नाम सम्झी मेरो शिर निहुरिन्छ ।

जसको उज्यालोले मेरो जीवन उज्यालियो
त्योे नाउँको मैले धेरै ऋण तिर्नु थियो
यो कुरा नि मेरो मनले मलाई सम्झाइदिन्छ
जसको नाम सम्झी मेरो शिर निहुरिन्छ ।

शिष्य बन्न सजिलो छ गुरु बन्न गा¥हो
झूटो बन्न सजिलो छ साँचो बन्न सा¥हो
लाग्छ मलाई त्यो आत्माले अझै आसिक दिन्छ
जसको नाम सम्झी मेरो शिर निहुरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *