मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ६ साउन । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. महिला उपसमितिको आयोजनामा शनिबार महिला गोला समूहको एक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले ख्वप बचतका क्रियाकलापले समाज परिर्वतनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । उहाँले महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिँदै पुरुषलाई भन्दा महिलालाई ४२ वटा बढी रोग लाग्ने सम्भावना भएकोले नियमित स्वास्थ्य जाँचको आवश्यकता औँल्याउनुभयो । उहाँले देशको राजनीति र घटनाक्रमबारे महिलाहरूले चासो राख्नुपर्ने पनि उल्लेख गर्नुभयो ।
भक्तपुर नपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाको विकास निर्माणबारे चर्चा गर्दै कालीघाट सत्तलका लागि बजेटको बन्दोबस्त गरेको जानकारी दिनुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष राजकुमार लघुले शेयर सदस्यहरूलाई आत्मनिर्भर बनाउन विभिन्न गतिविधि गरिरहेको जानकारी गराउँदै बजारिया सहकारीमा विकृति आइरहेको चर्चा गर्नुभयो ।
महिला उपसमितिका संयोजक चण्डेश्वरी याकामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रीता सुवाल, बबिमैँया कवां र सुलोचना सुवालले पनि बोल्नुभएको थियो ।
बालबचतकर्ता मिसिप सुवालले गीत प्रस्तुत गर्नुभएको सो कार्यक्रममा अतिथि सैंजूले विजेताहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
Leave a Reply