मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
कैलाली, ६ साउन । नेमकिपा कैलालीको आयोजनामा ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले अमेरिकाले रुस कमजोर बनाउनको लागि युक्रेनलाई सहयोग गरिरहेको उल्लेख गर्दै उदयमान देश चीनलाई कमजोर बनाउनको लागि अमेरिकाले तिब्बत कार्ड खेल्न तम्तयार गरेको स्पष्ट पार्नुभयो । उहाँले अमेरिकी लगानीमा एमसीसी देशको अहितमा हुने भएकोले कार्यकर्ताहरूले विरोध गरिरहनुपर्ने बताउनुभयो ।
नेमकिपा कैलालीका रमेशकुमार रावलले पुँजीवादी सरकारको पटकपटक फेरबदल भए पनि नेपाली जनतामा कुनै आशा नभएको बताउँदै पुँजीवादी व्यवस्थामा व्यक्तिगत स्वार्थ र पुँजीपतिका लागि काम गर्ने भएकाले मजदुर र किसानको हित नहुने बताउनुभयो ।
उहाँले मजदुर र किसानको हित अनुकूल सरकार बनाउन साङ्गठनिक गतिविधि बढाउन कार्यकर्ताहरूले पार्टी प्रकाशन र पत्रपत्रिका अनिवार्यरूपमा अध्ययन गरी राजनीतिक चेतना फैलाउनुपर्ने कुरामा जोड दिनुभयो ।
नेक्राशिसङ्घ कैलालीका अध्यक्ष गुप्तबहादुर शाहीले देशको शिक्षा नीति उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक, निःशुल्क र अनिवार्य नभएको कारणले गर्दा नेपाली युवाहरू विदेशीको सस्तो ज्यामी भएको बताउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुन, नेक्राकिसङ्घका गजबहादुर दर्लामी, नेक्रायुसङ्घ कैलालीका अध्यक्ष प्रेम सिजापति, नेक्राविसङ्घ कैलाली अध्यक्षका एच.बी., नेमकिपा कैलालीका सचिव गगनबहादुर थापामगर, सदस्य ज्योति बडुवाल, धनबहादुर थापामगर, सूर्यबहादुर शाही, देवी अधिकारी, हरिकला विष्ट, जानकी सिजापती, तारा तिरुवा, भक्तिप्रसाद जैशी, पदम सलामि मगर, लक्ष्मी मगर, रत्ना रावल, तिलक सिजापति, टीका दर्लामी मगर आदिले ‘श्रमिक’ साप्ताहिकबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply