भर्खरै :

नेपालको कुटिल राजनीतिको केन्द्र विदेशमा

सन् १९९० को नयाँ वर्षको सुरुमै सोभियत भूमिमा विखण्डनको हुरी चल्यो । सोभियत सङ्घबाट स्वतन्त्रता खोज्दै मैदानमा उत्रिनेमा लिथुआनिया, लाटभिया र इस्टोनिया पहिला थिए । लिथुआनियाको राजधानीमा डिसेम्बरको अन्ततिरै स्वतन्त्रताको माग गर्नेहरूको भिड थियो र इस्टोनियाले पहिले नै सार्वभौम सम्पन्न राष्ट्रको रूपमा घोषणा गरेको थियो, जनवरी १२ देखि बाकुमा द्वन्द्व सुरु भयो । नागोर्नी काराबाखले युद्धको रूप देखायो । समाजवाद र साम्यवादको एउटै लक्ष्य लिएर एउटै सङ्घमा समाहित राष्ट्रहरू ‘समयको दूरीसँगै तितरबितर हुन सुरु’ भए । अत्यन्त सुरक्षित मानिने देशमा बचेर हिँड्नुपर्ने भयो ।
माथिका पङ्क्तिहरू सोभियत सङ्घमा इन्जिनियरिङ पढ्दै गरेका एक विद्यार्थीको त्यसबेलाको उनको डायरीको टिपोटको सार हो ।
तर, ती विद्यार्थीलाई प्राचीन भारतको काटाकाटको राजनीति, चाणक्यको कुटिल चाल, बाबुलाई छोराले मार्न लगाई राजा बनाएको आदिबारे थाहा थिएन होला । त्यस्तै, नेपालमा मीत लाएर राज्य हडप्न विभत्स हत्याहरू गरेको, पाली गणतन्त्रलाई ध्वस्त गर्न प्रधानमन्त्रीलाई चारपाटा मोडेर पाली गणतन्त्रमा शरण लिन लगाई आन्तरिक मतभेदलाई चर्काएर राज्य हात पारेका, नेपालमै त्यस्ता जाल थापेर शाह वंश नेपालमा स्थापना भएको र राणाहरूकै आपसी मारकाट, विष प्रयोगबारे पनि राम्रो जानकारी नपाउँदा प्राविधिक विद्यार्थीलाई अचम्म हुनु समयको हुरी सम्झनु स्वाभाविक थियो ।
इराक र लिबियाको तेल खानी निजी गर्न नमान्दा, इराकले युरो डलरसँग मात्र व्यापार गर्न खोज्दा, कर्णेल गद्दाफीले संयुक्त राष्ट्र सङ्घकै महासभामा संयुक्त राष्ट्र सङ्घको केन्द्र एउटै महादेशमा नराखी अन्य महादेशमा सार्ने प्रस्ताव राख्दा, प्रजातन्त्रका ठेकेदार सम्झिएका संयुक्त राज्य अमेरिकी गुप्तचर विभागले कसरी बाहिरबाट विदेशी एजेन्टहरूमार्फत केही विभीषणहरूलाई अगाडि सारेर सद्दाम हुसेन र कर्णेल गद्दाफीलाई हत्या गराई ती राज्यहरू साम्राज्यवादीहरूको चङ्गुलमा पु¥यायो ।
यस्ता उदाहरणहरू विश्व राजनीतिक दबुलीमा सयौँ होइन हजारौँ होला भारतजस्तो क्षेत्रफल (आकार) र जनसङ्ख्याको हिसाबले सा¥है सानो बेलायती साम्राज्यवादले एकएक गरी भारतका राज्यहरू आपसमा भिडाउँदै दिल्लीमा २०० वर्ष राज गर्यो । मस्जिदमा सुँगुरको टाउको फाल्न दिँदा, मन्दिरमा गाईको टाउको फाल्न दिएर हिन्दु–मुसलमानको बिचमा मारकाट चलाएर लाखौँ भारतीयहरूको हत्या गराउँदै शासन गरे । त्यसको प्रभाव आज पनि संयुक्त राज्य अमेरिका र बेलायती साम्राज्यवादीहरूले भारतीय विस्तारवादमार्फत दक्षिण पूर्वी एसिया मात्रै होइन सम्पूर्ण एसियामै मारकाट चलाउन तेस्रो विश्वयुद्धको तयारी गर्दै छ – पश्चिमी पुँजीको नाफाको निम्ति । सिया–सुन्नी र अनेक जातजाति, भाषाभाषीको बिचमा झगडा लगाएर झन्डै एक शताब्दी मध्यपूर्वमा हातहतियार र युद्ध निर्यात गरी पानीको भाउमा पेट्रोल लग्दै छन् ।
युक्रेन र प्यालेस्टिनमा युद्धको व्यापार गर्ने संयुक्त राज्य अमेरिका र बेलायत नै हुन् । संसारमा सबै देशहरूको काटमारमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा संयुक्त राज्य अमेरिका र बेलायतले नाटो देशहरूलाई फसाउँदै र बाध्य पार्दै युद्ध गराउँदै छन् ।
नेपालको गोरखापत्रको कार्यालयमा आगलागी, सिंहदरबारको आगलागी र राजा महेन्द्रको सालिकमा हमला र राजदरबार घरभित्रबाट होइन यस्ता सबै घटनाहरू बाहिरबाट निर्यात भएका हुन् । ‘गोर्खालीहरू’ हाम्रै नेपालीहरू अरु देशमा जस्तै प्रयोग भएका छन् र प्रयोग हुँदै जानेछन् – जसरी आज संसद्लाई समेत प्रयोग गर्ने छलछामको अखडा बनाउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *