भर्खरै :

ह्युगो चाभेज जनप्रिय र कुशल राष्ट्रपति

ह्युगो चाभेज जनप्रिय र कुशल राष्ट्रपति

कैलाली १३ साउन । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा लम्कीचुहा नपा वडा नं ४ कौवापुरमा भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजको ७१ औँ जन्मजयन्तीको अवसरमा कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले राजनीति भनेको सबै नीतिको प्रमुख नीति हो भन्नुभयो । देश र जनताको निःस्वार्थ भावले सेवा गर्नु पार्टीको राजनीतिक उद्देश्य भएको उहाँले बताउनुभयो ।
उहाँले अहिलेसम्म सरकारमा गएका शासक पार्टीको कारण नेपाली जनताले दुःख पाएको स्पष्ट पार्नुभयो । जनताले जनप्रतिनिधि छनोट गर्दा सबै पार्टीका सिद्धान्त, विचार र घोषणापत्र अध्ययन नगरी, भिड र हुलको पछि लागेर मत दिएकै कारण जनताले दुःख पाएको उहाँले बताउनुभयो ।
उहाँले जुन पार्टीको सरकार हुन्छ त्यसैको नीति बन्ने भएकोले अहिले पँुजीवादी व्यवस्था भएकोले समाजवादी व्यवस्था बन्दोबस्त नहुने धारणा राख्नुभयो ।
उहाँले ह्युगो चाभेज भेनेजुयलाका एक जनप्रिय र कुशल राष्ट्रपति हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँले भेनेजुयला संसारको बढी पेट्रोलियम पदार्थ हुने देश हो† संरा अमेरिकाले तेल कब्जा गर्नको लागि चाभेजमाथि पटक–पटक मार्ने षड्यन्त्र गरेको प्रस्ट पार्नुभयो ।
उहाँले साम्राज्यवादी अमेरिकाले विश्वमा अशान्तिसँगै युद्ध गरिरहेकोले संसारका जनता एक दिन त्यसको विरुद्धमा उठ्ने निश्चित छन् भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले कामदारवर्गको हितमा नेमकिपा लागिरहेको हो भन्नुभयो ।
उहाँले विदेशीको दलाल पार्टीले कामदार जनताको पक्षमा काम गर्दैन भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका सदस्य तारा तिरुवाले समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य, रोजगारी, खान, लाउन, बस्न, मनोरञ्जन र सुरक्षाको व्यवस्था हुने बताउनुभयो ।
भेलामा नेमकिपा कैलालीका सदस्य पदम सलामी, नेक्राकिसङ्घ लम्कीचुहा नगर सदस्य सुष्मा कामीले गाउँ समाजमा काम गर्न सङ्गठन आवश्यक हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *