कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
चालु वर्ष चीन र फ्रान्सबिच दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव हो । विगत ६० वर्षयता चीन र फ्रान्सबिचको व्यापारिक मात्रा ८०० गुणाभन्दा बढीले बढेको छ । अहिले युरोपेली सङ्घमा फ्रान्स चीनको तेस्रो ठुलो व्यापार साझेदार हो । चीन फ्रान्सको लागि एसियामा पहिलो र विश्वमा सातौँ ठुलो व्यापार साझेदार हो । चीन–फ्रान्स आर्थिक तथा व्यापारिक सहकार्यले दुई देशको आर्थिक विकासलाई गति दिनुका साथै जनताको जीवनस्तरमा सुधार गरेको छ र विश्व आर्थिक पुनः उत्थानमा पनि योगदान पु¥याएको छ । फ्रान्सबाट आएका जिन ब्रुनो चीनमा बस्न थालेको १६ वर्ष भइसक्यो । उनी भन्छन्, यी वर्षहरूमा चीनको विकास अनौठो छ, थप मानिसहरूलाई चीनको आकर्षण महसुस गराउनुपर्छ ।
४३ वर्षीय जिन ब्रुनो फ्रान्सको पेरिसबाट आएका हुन् । हाल उनी फ्रान्स, चीनको स छ्वान प्रान्तको नान छोङ सहर र छोङ छिङ सहर तीन ठाउँमा रहेर काम गर्छन् । उनले मुख्यरूपमा चीन–फ्रान्स कृषि विज्ञान पार्कको व्यवसायिक सहकार्य र चीन–फ्रान्स अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको जिम्मेवारी लिएका छन् ।
सन् २००८ मा, कानुन अध्ययन गरिरहेका जिन ब्रुनोले फ्रान्समा वकिलको रूपमा काम गर्ने अवसर त्यागेर चीनको छोङ छिङ सहरलाई आफ्नो चीन–फ्रान्स अन्तर्राष्ट्रिय सहकार्य यात्रा सुरु गर्ने पहिलो गन्तव्यको रूपमा छनोट गरेका थिए । यसबारे चर्चा गर्दै उनले भने, “मेरो चीनमा पहिलो गन्तव्य छोङ छिङ हो । छोङ छिङको जनसङ्ख्या नै मलाई सबैभन्दा धेरै प्रभाव पार्ने कुरा हो, यहाँ ३ करोड ३० लाख मानिस बस्छन्, जुन लगभग फ्रान्सको आधा हो, जब कि फ्रान्सको कुल जनसङ्ख्या ६ करोड ७० लाख मात्र छ । छोङ छिङका मानिसहरू धेरै इमानदार छन्, यदि केही कुरा मन नपराए भने उनीहरू स्पष्टरूपमा भन्छन्, तर तिनीहरूमध्ये धेरैजसो साँच्चै धेरै मिलनसार छन् । त्यसैले मैले चाँडै नै धेरै साथीहरू बनाएँ, जसले मलाई चीनको संस्कृति र स्थानीय खानाको आनन्द उठाउन मद्दत गर्यो । पहिले मलाई पिरो खान मन पर्दैनथ्यो, तर अहिले मलाई लाग्छ कि म हटपटको विशेषज्ञ भएको छु, हरेक हप्तामा म कम्तीमा दुई–तीन पटक हटपट खाने गर्छु ।”
छोङ छिङको मिठो खाना र छोङ छिङवासीहरूको मिलनसारितामा घुलेपछि ब्रुनोले चाँडै नै चीनमा आफ्नो व्यवसाय सुरु गर्ने निर्णय गरेका थिए । बहुवर्षीय अन्तर्राष्ट्रिय परियोजनाहरूको अनुभव सँगाल्दै अहिले उनी नान छोङस्थित चीन–फ्रान्स कृषि विज्ञान तथा प्रविधि पार्कका उद्यम सहकार्यका जिम्मेवार व्यक्ति हुन् । उनी मुख्यरूपमा चिनियाँ कम्पनीहरूलाई उन्नत कृषि प्रविधि ल्याउन मद्दत गर्ने र कृषि विकासमा सहयोग पु¥याउने कार्यको नेतृत्व गर्छन् । हाल, चीन–फ्रान्स कृषि विज्ञान तथा प्रविधि पार्कमा रहेको स्मार्ट गोलभँेडा हरितगृहले नयाँ प्रविधिको प्रयोगसँगै उत्पादन र गुणस्तरमा दुवैमा सुधार ल्याएको छ । उनले भने, “यस स्मार्ट गोलभेडा हरितगृहमा, एक किसिमको नयाँ प्रविधिले डिजिटल व्यवस्थापन र स्मार्ट रिमोट कन्ट्रोल पनि गर्न सक्छ, जसले गर्दा गोलभेँडाको गुणस्तर र उत्पादनमा धेरै सुधार भएको छ । यहाँका गोलभेडा स्वादमा मीठो मात्र छैन, हामी बजारको मागअनुसार पनि गोलभेँडा उत्पादन गर्न सक्छौँ । हाल परम्परागत खेती पद्धतिको तुलनामा कुल उत्पादन ८ गुणाले बढेको छ ।”
कृषि ब्रुनोले चीन–फ्रान्स सहकार्यलाई अगाडि बढाउने क्षेत्रहरूमध्येको एउटा मात्र हो । चीन –फ्रान्स सांस्कृतिक आदान–प्रदानमा पनि उनले आफ्नातर्फबाट योगदान पु¥याइरहेका छन् । सन् २०२१ डिसेम्बरमा, स छ्वानको च कोङबाट आएका ४० भन्दा बढी समूहका रङ्गीन दीपहरूबाट फ्रान्सको ब्लान्याकमा प्रकाश गतिविधिको आयोजना गरिएको थियो, जसले धेरै फ्रान्सेली नागरिकहरूलाई आकर्षित गरेको थियो । अहिले च कोङको दीप मेला पेरिस, मोन्टबाउ, गायक र निसलगायत फ्रान्सका धेरै सहरहरूमा प्रदर्शन गरिन्छ । ब्रुनो र उनको समूहले पनि यस अन्तर्राष्ट्रिय सांस्कृतिक प्रसारमा भाग लिएर धेरै फ्रान्सेली नागरिकहरूलाई चीनको परम्परागत संस्कृति अनुभव गराउन कोसिस गरेका छन् । उनले भने, “फ्रान्सको गायकमा आयोजित पहिलो दीप मेलाले एक महिनामा ६ लाख मानिसहरूलाई आकर्षित ग¥यो, टिकटको मूल्य १८ युरो थियो । मेलामा स छ्वानको कागज कटनी, क्वै चौको रक्सी र चिनियाँ चिया संस्कृति पनि प्रदर्शन गरिएको थियो । फ्रान्सेलीहरूले चिनियाँ चिया धेरै मन पराउँछन् तपाईँलाई थाहा नै होला । यस प्रकारका कार्यक्रमहरूको लागि चीनले हरेकपटक करिब दुई सय लाइट कलाकारहरूलाई फ्रान्समा स्थलगतरूपमा दीप मेलाको स्थापना गर्न पठाउँछन् । यो अन्तर्राष्ट्रिय आदान–प्रदानको लागि एक धेरै राम्रो तरिका हो ।”
ब्रुनोले देखेका छन् कि पछिल्ला केही वर्षहरूमा चीनको नयाँ ऊर्जावाहन उद्योग द्रुतगतिले विकास भएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा पनि धेरै विशेषज्ञहरूको मान्यता प्राप्त गरेको छ । ब्रुनोको विचारमा, आजको दिनमा जलवायु परिवर्तन विश्वको साझा चुनौती बनेकोले नयाँ ऊर्जा उद्योगको विकासले विश्वव्यापी हरित–प्रविधि रूपान्तरणलाई सहयोग पु¥याउन सक्छ । चीनको नयाँ ऊर्जा उद्योगको विकासले सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको लागि अवसरहरू पनि प्रदान गरेको छ । उनले भने, “अहिले विद्युत् वाहन नयाँ ऊर्जा प्रविधि हामी सबैको चासोको विषय हो । मैले अगाडि गर्ने कार्यहरूमध्येको एक भनेको मेरो अनुभवलाई प्रयोग गरेर चीनलाई राम्रो सहकार्य कम्पनीहरू र स्थानहरू खोज्न सहयोग गर्नु हो ।”
Leave a Reply