जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
कास्की, १४ साउन । पोखराको फुस्रेखोलामा भएको एलपी देवकोटा मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कूलको स्कूल बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
गण्डकी मेडिकल कलेज पृथ्वीचोकमा उपचारको क्रममा ६ वर्षीय बालक प्रिन्स विकको मृत्यु भएको हो । यसअघि सोही अस्पतालमा पोखरा महानगरपालिका– २१ रामदीकी ३३ वर्षीया आरती विकको पनि उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक आरती र प्रिन्स आमा छोरा हुन् । आरती विद्यालयको कार्यालय सहयोगी पदमा कार्यरत थिइन् ।
सोमबार बिहान पोखरा महानगरपालिका– २१ रामदीबाट विद्यार्थी लिएर फर्कँदै गरेको ग १ क ६३१९ नम्बरको बस गुट्कुमा अनियन्त्रित भई सडकबाट झन्डै ६० मिटर तल खसेको हो । दुर्घटनामा चालकसहित २८ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । गण्डकी मेडिकल कलेजमा १३ जनाको उपचार भइरहेको छ । तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतामा १२ जना र मणिपाल शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
विरौटामा रहेको एलपी देवकोटा स्कूलका शिक्षक, विद्यार्थी, अभिभावकसँगै एकजना छोरेपाटन माविकी विद्यार्थीसमेत दुर्घटनामा परेकी छन् ।
Leave a Reply