भर्खरै :

राष्ट्रपति निकोलस माडुरोद्वारा अति दक्षिणपन्थीद्वारा गरिएको हिंसात्मक कार्यको निन्दा

राष्ट्रपति निकोलस माडुरोद्वारा अति दक्षिणपन्थीद्वारा गरिएको हिंसात्मक कार्यको निन्दा

काराकस, ३० जुलाई । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले सोमबार देशमा भएको सत्ता विप्लवको प्रयासको रूपमा सडक हिंसाका कार्यहरूको निन्दा गर्नुभएको छ । भेनेजुयलाका चरम दक्षिणपन्थीहरूले राष्ट्रपति निर्वाचनको परिणामलाई मान्यता नदिई हिंसात्मक गतिविधि गरेका हुन् ।
राष्ट्रपति माडुरोले भन्नुभयो, “हामीले घटनाहरूको शृङ्खला देखिरहेका छौँ, १०० भन्दा बढी हिंसात्मक आतङ्कवादी हमलाहरू भएका छन् ।” उहाँले यी हमलाहरूको लागि चरम दषिणपन्थी कुलीन वर्गलाई दोष दिँदै अगाडि भन्नुभयो, “यो मैले तथ्याङ्क प्रणालीगत रिपोर्टको आधारमा गर्दै छु । उनीहरूले चुनावी अभियान प्रयोग गर्न र आपराधिक समूहहरूलाई उतार्न कमान्डोहरू बनाउन लगाएका थिए ।”
राष्ट्रपति माडुरोले यस हिंसात्मक गतिविधिको योजना पछाडि संरा अमेरिकी सरकारको हात रहेको भनी निन्दा गर्नुभयो ।
भेनेजुयलाका नेताले भन्नुभयो, “केही मानिसहरू अनजान छन् । उनीहरूसँग हिंसात्मक योजना छ, तथाकथित रङ्गीन क्रान्ति, षड्यन्त्र र हिंसा जनता मार्नको लागि हो । जनतालाई लखेट्ने, जिउँदै जलाउने, कुट्ने गतिविधि अविलम्ब बन्द हुनुपर्छ ।”
राष्ट्रपति माडुरोले भन्नुभयो “म राज्यको प्रमुख र नेताको रूपमा जनतासँग सत्य बोल्न बाध्य छु ।”
उहाँले भन्नुभयो, “दक्षिणपन्थीहरूले यो निर्वाचन नै निलम्बन गर्न माग गरेका छन्, उनीहरूले भेनेजुयलाको प्रजातान्त्रिक प्रक्रियालाई ध्वस्त पार्न सकेजति सबै गरे । उनीहरूले विद्युतीय प्रणालीको दुई रणनीतिक बिन्दुहरूमा दिउँसो १२ बजे र बेलुका ८ बजे ब्ल्याकआउट गर्नका लागि कडा आक्रमण गरे । उनीहरूले चुनावी सामग्री जलाए, सवारीसाधन जलाए । ती सबै पक्राउ पर्नेछन् र उनीहरू राजनीतिक बन्दीहरू हुन् भनेर नभन्नुहोला । “तिनीहरूले ट्रान्सकाराकासको सार्वजनिक यातायात जलाए । तिनीहरूले घृणित काम गरे ।”
माडुरोलाई विश्वभरबाट बधाई तथा शुभकामना सन्देश
राष्ट्रपतीय निर्वाचनमा स्पष्ट बहुमतका साथ निर्वाचित हुनुभएका नेता निकोलस माडुरोलाई विश्वभरका नेताहरूले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ । नेता माडुरोलाई चिनियाँ राष्टाध्यक्ष सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलारुसी राष्ट्रपति अलेक्स्यान्डर लुकासेन्को, क्युवाली राष्ट्रपति मिग्वेल डायज कानेल बर्मुडेज, निकारागुआली राष्ट्रपति ड्यानियल ओर्टेगा, ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा, बोलिभियाका राष्ट्रपति लुइस आर्से, सिरियाली राष्ट्रपति बशर अल अस्सद, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, भियतनामी राष्ट्रपति तो लाम, कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलगायतले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।
क्युवाली राष्ट्रपति मिग्वेल र निकारागुवाली राष्ट्रपति ओर्टेगाले अति दक्षिणपन्थीहरूले मच्चाएको हिंसा र सत्ता विप्लवको दुष्प्रयासको घोर विरोध र निन्दा गर्नुभएको छ ।

सात देशबाट राजदूत फिर्ता
यसैबिच भेनेजुयला सरकारले आफ्नो विदेश मन्त्रालयलाई सोमबार अर्जेन्टिना, चिली, कोस्टारिका, पेरु, पानामा, डोमिनिकन रिपब्लिक र उरुग्वेका आफ्ना सबै कूटनीतिक कर्मचारीहरूलाई फिर्ता लिन आदेश दिएको छ र भेनेजुयलाबाट ती देशका प्रतिनिधिहरूलाई तत्काल निष्कासित हुन आग्रह गरेको छ । जुलाई २८ मा भएको निर्वाचनमा राष्ट्रपति निकोलस माडुरोको स्पष्ट विजयलाई मान्यता नदिने भनी ती देशका सरकारहरूले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेका थिए ।
एक आधिकारिक विज्ञप्तिमार्फत, भेनेजुयलाको विदेश मन्त्रालयले भनेको छ, यो निर्णय हाम्रो राष्ट्रिय सार्वभौमिकतालाई कमजोर पार्ने विनाशकारी उदाहरणलाई ध्यानमा राखेर लिइएको हो । वासिङ्टनको अधीनस्थ केही कठपुतली राष्ट्रका सरकारहरूले हस्तक्षेपकारी कार्यहरू र त्यस लिमा समूहको कथनहरूप्रति कडा अस्वीकृति व्यक्त गर्दछ ।
भेनेजुयलाको विदेश मन्त्रालयले जोड दिएको छ, यी सरकारहरू खुलारूपमा अन्तर्राष्ट्रिय फासीवादको घिनलाग्दो वैचारिक आस्थाका साथ, असफल र पराजित लिमा समूहलाई पुनः प्रकाशित गर्न प्रतिबद्ध छन् । उनीहरू यो आइतबार, जुलाई २८ का दिन सम्पन्न राष्ट्रपति चुनावको चुनावी परिणामलाई मान्यता नदिने दाबी गर्छन् ।”
साथै भेनेजुयलाले आफ्नो आत्मनिर्णयको अपरिहार्य अधिकारको सम्मान, संरक्षण र रक्षाका लागि सरकारले सबै कानुनी र राजनीतिक कार्यहरू सुरक्षित राखेको बताएको छ ।
टेलिसुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *