नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
पेइचिङ, ३० जुलाई (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनैतिक ब्युरोले जुलाई ३० तारिख एक बैठकको आयोजना गर्दै चीनको वर्तमान आर्थिक अवस्थाको विश्लेषण र अध्ययन गर्नुका साथै चालू वर्षको उत्तरार्धमा आर्थिक कार्यको व्यवस्थापन गरेको छ । साथै “औपचारिकतालाई सुधार गर्न र आधारभूत पार्टी सङ्गठनमा बोझ कम पार्ने प्रावधानहरू” भन्ने दस्तावेज अनुमोदन पनि गरिएको छ । सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ ।
यस वर्षको प्रारम्भदेखि नै सी चिनफिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सशक्त नेतृत्वमा विभिन्न क्षेत्र र तहका विभागहरूले चुनौतीको सामना गर्दै सक्रिय कदम चालेको बैठकमा जनाइएको छ । सुधार तथा खुलापनलाई गहन पार्दै समष्टिगत आर्थिक नियमन र नियन्त्रणलाई सुदृढ पारिएको छ । जोखिम र चुनौतीहरूमा प्रभावकारी प्रतिक्रिया पनि दिइएको छ । चीनको आर्थिक अवस्था समष्टिगतरूपमा स्थिर रूपमा अघि बढ्दै गइरहेको छ । यसै क्रममा नयाँ ऊर्जा र श्रेष्ठता विकसित गर्दै उच्च गुणस्तरीय विकास स्थिरताका साथ अगाडि बढिरहेको पनि बैठकमा बताइएको छ ।
चालू वर्षको उत्तरार्धमा सुधार, विकास र स्थायित्वको काम निकै बृहत् र भारी हुने पनि उक्त बैठकमा जोड दिइयो । सुधारमार्फत स्थिर वृद्धिलाई बढाउँदै, संरचना समायोजन गर्नुका साथै जोखिमहरू रोक्न, आर्थिक संरचनात्मक सुधारको अग्रणी भूमिकालाई पूर्णता दिनुपर्ने आवश्यकता छ । साथै परिपक्व र पहुँचभित्र रहेका थुप्रै सुधारका उपायहरू तुरुन्तै प्रस्तुत गर्नु आवश्यक छ ।
सीपीसी केन्द्रीय समितिका निर्णय र परिचालनलाई कार्यान्वयन गर्नको लागि आधारभूत पार्टी सङ्गठन नै ‘अन्तिम माइल’ को रूपमा भएको उक्त बैठकमा औँल्याइएको छ । सीपीसी केन्द्रीय समितिको सचिवालयले केन्द्रीय तहबाट औपचारिकता सुधार गर्न र आधारभूत तहको बोझलाई कम पार्न विशेष कार्य संयन्त्रको नियमित निरीक्षण गर्नुपर्दछ, केन्द्रीय र राज्यका सबै विभागहरू र प्रदेशस्तरीय पार्टी समितिहरू एवम् सरकारहरूले कामको व्यवस्था गर्दा तथ्यहरूबाट सत्य खोज्नुपर्छ, प्रदेश स्तरभन्दा तलका सबै तहका पार्टी संगठनहरूले आ–आफ्नो मुख्य जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुपर्दछ, र सबै तहमा अनुशासन निरीक्षण र पर्यवेक्षण अंगहरूले पर्यवेक्षणको कार्यान्वयनलाई सुदृढ पार्नुपर्छ ।
Leave a Reply