भर्खरै :

द्वन्द्व सृजना गरेर प्रभुत्व जोगाउनु मान्य हुँदैन

द्वन्द्व सृजना गरेर प्रभुत्व जोगाउनु मान्य हुँदैन

हालै संरा अमेरिकाले फिलिपिन्समा टाइफोन मध्य–रेँज क्षमता (एमआरसी) मिसाइल प्रणाली तैनाथ ग¥यो र युरोपमा भूमिमा आधारित मध्य–रेँज मिसाइल तैनाथ गर्ने निर्णय घोषणा ग¥यो । सन् २०१९ मा इन्टरमिडिएट–रेन्ज न्युक्लियर फोर्सेस (आईएनएफ) सन्धिबाट बाहिरिएपछि संरा अमेरिकाले भूमिमा आधारित मध्यवर्ती दूरीका क्षेप्यास्त्रहरू तैनाथ गर्ने सन्दर्भमा यो कदम अगाडि बढेको हो । यथार्थमा संरा अमेरिकाले सहयोगीहरूप्रति आफ्नो सुरक्षा प्रतिबद्धताहरू त्यागेको छ र उनीहरूलाई चीनलाई लपेट्ने अग्र मोर्चामा उभिन उत्प्रेरित गरिरहेको छ, जसले विश्वव्यापी र क्षेत्रीय स्थिरतालाई थप कमजोर बनाउने छ ।
शीतयुद्धको अन्त्यमा संरा अमेरिका र सोभियत सङ्घद्वारा मध्य–रेँज ब्यालिस्टिक मिसाइल सन्धि (INF) सन्धिमा हस्ताक्षर गरिएको थियो, जसको उद्देश्य उनीहरूको आणविक र परम्परागत भूमिमा आधारित मध्य–रेँज ब्यालिस्टिक मिसाइलहरू, क्रुज मिसाइलहरू र ५०० देखि ५,५०० किलोमिटरसम्म मारक क्षमताका क्षेप्यास्त्र प्रक्षेपणहरूलाई हटाउने र नष्ट गर्ने लक्ष्य राखिएको थियो । यद्यपि, यो संरा अमेरिका र रुस (सोभियत सङ्घ) बिचको द्विपक्षीय सन्धि हो, आईएनएफ सन्धिले विश्वभर विशेषगरी युरोपमा आणविक रणनीतिक स्थिरता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
अन्तर्राष्ट्रिय हतियार नियन्त्रणको इतिहासमा पहिलोपटक, सन्धिले आणविक वारहेडहरू बोक्न सक्ने सम्पूर्ण हतियारहरूमाथि प्रतिबन्ध लगाएको थियो र आणविक युद्धको लागि थ्रेसहोल्डलाई उल्लेखनीयरूपमा बढाएको थियो, जसले युरोपमा सुरक्षा र आणविक युद्धको विपत्ति रोक्न र रणनीतिक स्थिरता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको थियो । सन्धिले आणविक सामरिक स्थायित्व कायम राख्न आणविक महाशक्तिका रूपमा संरा अमेरिका र रुसको विशेष र महत्वपूर्ण जिम्मेवारीलाई जोड दिएको थियो । यसबाहेक, त्यस सन्धिले आणविक रणनीतिक जोखिम कम गर्न र युरोपेली स्थायित्वको रक्षा गर्नका लागि आफ्ना युरोपेली सहयोगीहरूप्रति संरा अमेरिकाको महत्वपूर्ण सुरक्षा प्रतिबद्धता झल्काएको थियो ।
२०१४ को सुरुमा, आरएएन्डी कर्पोरेसन (RAND Corporation) लगायत धेरै अमेरिकी थिङ्क ट्याङ्कहरूले एसिया–प्रशान्तमा चीनको सैन्य नियन्त्रणको उद्देश्यका लागि अमेरिकाको भूमि–आधारित मध्यवर्ती–रेँज मिसाइलहरू तैनाथ गर्ने वकालत गरे र आइएनएफ सन्धिको अनुपालनको सुरक्षा लागत, साथै सैन्य लाभ र सन्धिबाट फिर्ता हुने कूटनीतिक लागतको हिसाब गर्न र ‘विवेकी निर्णय’ गर्न अमेरिकी अधिकारीहरूलाई आग्रह गरे । पछि, अमेरिकी मिडियाले कथित रूसद्वारा आइएनएफ सन्धि उल्लङ्घनको प्रचार गर्न थाले जबसम्म ट्रम्प प्रशासनले संरा अमेरिका औपचारिकरूपमा आईएनएफ सन्धिबाट बाहिरिने निर्णय गरेन ।
सैन्य परिप्रेक्ष्यमा, संरा अमेरिकाको हालको भूमि–आधारित मध्यवर्ती–रेँज मिसाइल क्षमताहरू मुख्यरूपमा टोमाहक सबसोनिक क्रूज मिसाइलहरू र समान मोडेलहरू हुन्, जुन लामो समयदेखि समुद्री–आधारित र वायु–आधारित प्रक्षेपण प्लेटफर्महरूमा ठुलो सङ्ख्यामा तैनाथ गरिएको छ । तसर्थ, भूमि–आधारित संस्करणहरूको अतिरिक्त सैन्य लाभहरू अपेक्षाकृत सीमित छन् । एसिया–प्रशान्त र युरोपमा भूमिमा आधारित मध्यवर्ती दूरीका मिसाइलहरू तैनाथ गर्ने अमेरिकाको निर्णय मुख्यतया अमेरिकी सेनाको हितमा आधारित छ । २१ औँ शताब्दीको पहिलो दशकमा, अमेरिकाले आफ्नो सैन्य रणनीतिक फोकस अन्तरदेशीय प्रतिआतङ्कवादमा सा¥यो र सेनाले ठुलो उपलब्धिहरू हासिल ग¥यो ।
समय बित्दै जाँदा, संरा अमेरिकाले ‘एसिया–प्रशान्तमा फीर्ति’ र ‘हवाई–समुद्री एकीकृत युद्ध’ जस्ता रणनीतिहरू र परिचालन अवधारणाहरू अगाडि बढाएपछि सेनाले तथाकथित महाशक्ति प्रतिस्पर्धामा सीमान्तकृत हुने जोखिमको सामना गरिरहेको पाए । । अमेरिकी सेना चीनलाई रोक्नको लागि सैन्य रूपरेखामा कम भूमिका लिन अनिच्छुक देखिएपछि ‘चीन खतरा’ सिद्धान्तलाई जोडदाररूपमा वकालत गर्न थालियो र एसिया–प्रशान्त क्षेत्रमा भूमि–आधारित मध्य–रेँज मिसाइलहरू तैनाथ गर्न आह्वान गरिएको छ ।
सीमित सैन्य फाइदाहरूको बाबजुद, संरा अमेरिकाले अझै पनि आफ्नो प्रक्षेपण प्रणालीको परिमार्जनलाई बढावा दिइरहेको छ र एसिया–प्रशान्तमा भूमि–आधारित मध्य–रेँज मिसाइलहरूको तैनाथीलाई बढावा दिइरहेको छ । त्यसले आफ्ना सहयोगीहरूलाई चीनविरुद्धको अग्रमोर्चामा अगाडि तान्ने संरा अमेरिकाको दुष्ट मनसाय उदाङ्गो पार्छ । संरा अमेरिकाले महाशक्ति प्रतिस्पर्धामा फर्किने वकालत गरेको र चीनलाई आफ्नो प्राथमिक रणनीतिक प्रतिद्वन्द्वीका रूपमा पहिचान गरेकोले, यसले गठबन्धन प्रणालीलाई चीनविरुद्धको प्रतिस्पर्धा जित्नको लागि महत्वपूर्ण सम्पत्तिको रूपमा हेरेको छ । तर, एसिया–प्रशान्तमा यसका सहयोगीहरू सामान्यतया चीनसँग घनिष्ठ आर्थिक सम्बन्ध राख्छन् र चीनलाई नियन्त्रण गर्ने प्रयासमा संरा अमेरिकासँग पूर्णरूपमा गठबन्धन गर्नदेखि सावधान छन् ।
संरा अमेरिकाको लागि, जमिनमा आधारित मध्य–रेँज मिसाइलहरूको तैनाथी रणनीतिक ‘चेसबोर्डमा मुख्य बिन्दु’ हो जसले यसका एसियाली सहयोगीहरू र चीनबिचको आपसी राजनीतिक विश्वास र कूटनीतिक सम्बन्धलाई कमजोर पार्न सक्छ । संरा अमेरिकाले आफ्नो भू–आधारित मध्य–रेँज मिसाइलहरू तैनाथ गर्न चाहेको ठाउँहरू भौगोलिकरूपमा चीनसँग जोडिएका धेरै ठाउँहरू हुन् । सम्बन्धित देशहरूले आफ्नै सुरक्षा बलहरूलाई बलियो बनाउनुलाई जायज मान्न सकिन्छ तर तिनीहरूको आफ्नै सैन्य आवश्यकताभन्दा बाहिर जाने गरी रणनीतिक आक्रामक मध्यम र लामो दूरीका क्षेप्यास्त्रहरू तैनाथ गर्नु फरक कथा हुनेछ । यस प्रकारका हतियारहरूको एक मात्र मूल्य भनेको चीनमाथि अमेरिकी सैन्य नियन्त्रण र चीनविरुद्ध सैन्य हमलाहरूको सेवा गर्नु हुन्छ । चीन यस्तो व्यवहारलाई बेवास्ता गरेर बस्ने छैन ।
तसर्थ, अमेरिकाले यी क्षेप्यास्त्रहरूको तैनाथीको बारेमा ठुलो कोकोहोलो मच्चाउँदै र अउकस (AUKUS) आणविक पनडुब्बी सहयोगमा संलग्न भएर अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणालीको आधारभूत सिद्धान्तहरू उल्लङ्घन गर्दै, मञ्च र चीनको विरुद्धमा फर्कने, चीनलाई अमेरिकाको नियन्त्रणमा योगदान पु¥याउँदै यसको रणनीतिक उद्देश्य यी सहयोगीहरूलाई उभिन प्रोत्साहित गर्नु हो ।
सङ्कट व्यवस्थापनको परिप्रेक्ष्यमा, संरा अमेरिकाले जमिनमा आधारित मध्य–रेँज मिसाइलहरूको तैनाथी पनि द्वन्द्वको वृद्धिमा महत्वपूर्ण कारक हुनेछ । एकातिर, यदि यी क्षेप्यास्त्रहरू यसको निश्चित एसिया–प्रशान्त सैन्य आधारहरूमा तैनाथ गरिएको छ भने तिनीहरूको युद्धकालीन व्यवहारिकता धेरै कमजोर छ । द्वन्द्वको प्रारम्भिक चरणहरूमा, अमेरिकी कमान्डरहरूले ‘यसलाई प्रयोग गर्ने वा त्याग गर्ने’ दुविधाको सामना गर्नेछन् ।
यसप्रकारको निर्णय गर्ने दुविधाबाट जोगिनैपर्छ । अर्कोतर्फ, यदि संरा अमेरिकाले मोबाइल लन्चिङ मोड अपनायो भने लन्चरहरू आधारबाट बाहिर निस्कन बाध्य हुन्छन् र होस्ट (यहाँ सहयोगी) देशमा ठुलो दायराका युद्धाभ्यासहरू गर्न बाध्य हुन्छन्, जसले गर्दा सम्भावित सङ्कट वा द्वन्द्वको दायरा धेरै ठुलो हुनेछ । अर्को आणविक अस्त्र सम्पन्न राज्यको ‘ढोकामा’ आणविक राज्यद्वारा रणनीतिकरूपमा आपत्तिजनक हतियारहरूको अगाडि तैनाथीले आधारभूत पारस्परिक सुरक्षा विश्वासलाई गम्भीररूपमा कमजोर पार्छ, दुई पक्षहरूबिच रणनीतिक अविश्वास बढाउँछ र सङ्कट व्यवस्थापनको लागि अनुकूल हुनेछैन ।
बाइडेन प्रशासनले सन् २०२२ को आणविक स्थिति समीक्षामा संरा अमेरिका चीनसँग रणनीतिक जोखिम न्यूनीकरण र सङ्कट व्यवस्थापनमा वार्तालाई बलियो बनाउन इच्छुक रहेको बताएको थियो । यदि अमेरिका साँच्चै रणनीतिक जोखिमहरू कम गर्न इच्छुक छ भने सुरु गर्नको लागि राम्रो ठाउँ भनेको अन्य देशहरूमा जमिनमा आधारित मध्य–रेँज मिसाइलहरूको तैनाथीको योजनालाई परित्याग गर्नु हो ।
सङ्क्षेपमा भन्नुपर्दा, सबैभन्दा शक्तिशाली आणविक र सैन्य शक्तिको रूपमा, संरा अमेरिकाले अन्तर्राष्ट्रिय सुरक्षाको लागि विशेष जिम्मेवारी वहन गर्दछ । हालैका वर्षहरूमा, संरा अमेरिकाले आफ्नो सर्वोच्चता गुमायो र आफ्नो मनपर्ने र मन नपर्ने आधारमा स्वार्थीरूपमा काम ग¥यो र अन्तर्राष्ट्रिय सुरक्षा संयन्त्रको अधिकारलाई स्वेच्छाचारीरूपमा चुनौती दियो । यसले आइएनएफ सन्धि र खुला अन्तरिक्ष सन्धिबाट क्रमशः पछि हटेको छ, जैविक हतियार महासन्धिको प्रमाणीकरण प्रोटोकलको वार्तालाई अवरुद्ध गरेको छ र चीन र रूसद्वारा प्रस्तावित बाह्य अन्तरिक्ष स्टेसनवरुद्ध बललाई बाह्य अन्तरिक्षमा हतियारहरूको स्थानान्तरण र खतरा वा प्रयोगको रोकथामसम्बन्धी मस्यौदा सन्धिको विरोध गरेको छ ।
संरा अमेरिकाले अउकस (AUKUS) पनडुब्बी सहयोग गरेर अन्तर्राष्ट्रिय आणविक अप्रसारको आधारभूत भावनालाई पनि कमजोर बनाएको छ र त्यहाँ धेरै अन्य खराब अभिलेखहरू पनि छन् । उही समयमा, संयुक्त राष्ट्र सङ्घका सन्धि र संयन्त्रहरूको अवहेलना गर्दै संरा अमेरिकाले आफ्ना केही सहयोगीहरूलाई तथाकथित ‘नियममा आधारित’ नयाँ सुरक्षा व्यवस्था निर्माण गर्न बाध्य पारेको छ ।
संयुक्त राष्ट्र सङ्घका लागि चीनका स्थायी प्रतिनिधि राजदूत फु कङले हालै औँल्याउनुभयो, “केही देशहरूले वकालत गरेको तथाकथित ‘नियम–आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ वास्तवमा अन्तर्राष्ट्रिय कानुनको विद्यमान प्रणाली बाहिर अर्को प्रणाली सिर्जना गर्ने उद्देश्य हो । दोहोरो मापदण्ड र अपवादवादको वैधता संसारमा एउटा मात्र व्यवस्था छ, त्यो हो अन्तर्राष्ट्रिय कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था । त्यहाँ नियमहरूको एउटा मात्र सेट छ र तिनीहरू संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्य र सिद्धान्तहरूमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धहरू सञ्चालन गर्ने आधारभूत मापदण्डहरू हुन् ।”
एक शताब्दीमा विश्वमा नदेखिएका गहिरो परिवर्तनका बिचमा सबै देशहरू, विशेषगरी प्रमुख शक्तिहरूले दोहोरो मापदण्ड र शीतयुद्धको मानसिकता त्यागेर साझा, बृहत्, सहकार्य र दिगो सुरक्षाको परिकल्पनालाई कायम राख्दै असल विश्वासका साथ मिलेर काम गर्नुपर्छ । मानवताको लागि शान्तिपूर्ण र स्थिर भविष्य खोल्नको लागि हात मिलाउनको लागि संयुक्त राष्ट्र सङ्घ केन्द्रमा रहेको अन्तर्राष्ट्रिय व्यवस्था अपनाउनुपर्छ ।
(लेखक इन्स्टिच्युट अफ इन्टरनेसनल सेक्युरिटी, चाइना इन्स्टिच्युट अफ कन्टेम्परेरी इन्टरनेसनल रिलेसनका निर्देशक हुनुहुन्छ ।)

– ग्लोबल टाइम्स अनलाइनबाट
१ अगस्ट, २०२४
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *