हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पेइचिङ, १९ साउन (सीआरआई) । जुलाईको अन्त्यमा फिलिपिन्स र अमेरिका विदेश मन्त्री र रक्षा मन्त्रीबिच नयाँ चरणको “२+२” वार्ताको आयोजना भएको छ । यो सन् २०१३ पछि फिलिपिन्सले पहिलो पटक यस वार्ताको आयोजना गरेको हो । वार्तापछि प्रकाशित संयुक्त वक्तव्यबाट हेर्दा अमेरिका नै चीन र दक्षिण चीन सागरका लागि फिलिपिन्सको नीतिलाई प्रभावित गर्ने सबैभन्दा ठूलो अनियन्त्रित कारक हो ।
यसअघि चीन र फिलिपिन्सले रेनआइ टापू व्यवस्थापनबारे अस्थायी व्यवस्थामा सहमति गरेका थिए । तर केही समयअघि चीन–आसियान विदेशमन्त्रीको बैठकमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले फिलिपिन्सका विदेशमन्त्री मानालोलाई भन्नुभएजस्तै, ’मुख्य कुरा के हो भने फिलिपिन्सले आफ्ना वचनवद्धतालाई व्यवहारमा उतार्नुपर्छ । बेला–बेला आफ्नो अवधारणामा परिवर्तन गरिराख्नु हुँदैन र आफ्नो वचनबाट पछि हट्नु पनि हुँदैन । नत्र भने चीनले दृढताका साथ जवाफ दिनेछ ।”
एसियाली देशको हैसियतमा फिलिपिन्सले चीन र फिलिपिन्सबिचको सामुद्रिक विवादको सामना गर्दा क्षेत्रीय शान्ति र स्थिरतालाई प्राथमिकता दिनुपर्छ । त्यसको सट्टा सम्बन्धित क्षेत्र बाहिरबाट केही ठूला मुलुकको नेतृत्व लिनुहुँदैन । तर मार्कोस सरकारले पद सम्हालेदेखि अमेरिका–फिलिपिन्स गठबन्धन अनुसरण गर्नु, निर्भर रहनु र बलियो बनाउनु फिलिपिन्सको राष्ट्रिय नीति बनेको छ । त्यसैले दक्षिण चीन सागरको विषयमा फिलिपिन्स सरकारको जोखिम व्यवहार आसियानभित्र कुनै समर्थन पाएको छैन ।
जुलाईको अन्त्यमा सम्पन्न ५७ औँ आसियान विदेशमन्त्री बैठकबाट प्रकाशित संयुक्त विज्ञप्तिले चीनको बेवास्ता गरेर दक्षिण चीन सागरमा आफ्नै आचार संहिता तर्जुमा गर्ने फिलिपिन्स सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ । जसबाट शान्तिपूर्ण तरिकामार्फत दक्षिण चीन सागरको विवादको समाधान गर्नु आसियान देशहरूको सहमति हो र दक्षिण चीन सागरमा शान्ति कायम राख्नु आसियान देशहरूको साझा अपेक्षा हो भन्ने कुरा पुष्टि गरिएको छ ।
संरा अमेरिकाको प्रलोभनका सामु फिलिपिन्सले अझ बढी संयमित र तर्कसंगत हुन आवश्यक छ । उसले विदेश नीतिलाई प्राथमिकता दिने र छिमेकीसँग मैत्रिपूर्ण हुने बाटोमा फर्कनुपर्छ । यो फिलिपिन्सको राष्ट्रिय हित र जनताको कल्याणसँग अनुकुलन गर्ने सही छनौट हो ।
Leave a Reply