भर्खरै :

चिनियाँ युवा निर्माणकर्ताहरूद्वारा श्रीलङ्काको सामाजिक र आर्थिक विकासको सुधार गर्न सक्दो प्रयास

चिनियाँ युवा निर्माणकर्ताहरूद्वारा श्रीलङ्काको सामाजिक र आर्थिक विकासको सुधार गर्न सक्दो प्रयास

कोलम्बो, १९ साउन (सीआरआई) । कोलम्बो बन्दरगाह शहरको ‘ओभरपास’ परियोजनाको निर्माण सन् २०१९ सेप्टेम्बर महिनादेखि सुरू भएको हो । कोलम्बो बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल र कोलम्बो बन्दरगाह शहर जोड्ने यो ओभरपासको कुल लम्बाई ५.२७ किलोमिटर छ । यो ओभरपासको निर्माण गरिएपछि श्रीलङ्काको राष्ट्रिय एक्सवे सञ्जाल र कोलम्बो बन्दरगाहसँग जोडिने छ । यो ओभरपासले कोलम्बो र श्रीलङ्काको यातायात ढुवानीका लागि सुविधा उपलब्ध गराउने छ । साथै बन्दरगाहको सामानको ढुवानी र क्षेत्रीय व्यापारका लागि यो ओभरपासको महत्वपूर्ण अर्थ रहने छ । कोलम्बो बन्दरगाह शहरको ओभरपास परियोजनाअन्तर्गत श्रीलङ्काली जिम्मवार व्यक्ति हासा भन्नुहुन्छ “श्रीलङ्काका लागि यो ओभरपास परियोजना निकै महत्वपूर्ण छ । अर्थतन्त्र र अरु क्षेत्रहरूमा पनि । कोलम्बो बन्दरगाह श्रीलङ्काको एक महत्वपूर्ण बन्दरगाह हो । बन्दरगाहमा एक ओभरपासको निर्माण गरेमा श्रीलङ्काको व्यापारका लागि ठूलो फाइदा हुनेछ ।”
चालू वर्ष ४३ वर्षका हासा सन् २०११ देखि सन् २०१४ सम्म अध्ययनका लागि चीन जानुभएको थियो । उहाँले कम्प्युटर इन्जिनियरिङ विषयमा मास्टर डिग्री गर्नुभयो । उहाँले कोलम्बो बन्दरगाह शहरको ओभरपास परियोजनामा काम गर्नुभएपछि हरेक दिन चिनियाँ इन्जिनियरहरूसँग काम गर्नुभएको छ र एक अर्काबाट सिक्नुभएको छ । हाल उहाँ इन्जिनियरिङ निर्माणका व्यवस्थापन वरिष्ठ व्यक्ति बन्नुभएको छ । हासाजस्तै उच्च प्राविधिक व्यक्तिबाहेक, केही सामान्य श्रीलङ्काली युवाहरूले यो परियोजनाबाट फाइदा पाएका छन् । एकजना युवा भन्छन् “मैले यो परियोजनामा धेरै फाइदा प्राप्त गरेँ । मैले चिनियाँ सहकर्मीहरूसँग दुई वर्षसम्म काम गरेँ। उनीहरू निकै राम्रा छन् । मेरो तलब पनि राम्रो छ । मैले मेरो परिवारका लागि धेरै कठिनाइको समाधान गर्नसक्छु । चिनियाँ साथीहरूसँग काम गर्न मलाई निकै खुशी लाग्यो ।”
निर्माण परियोजनाको मुलुकका लागि रोजगार अवसरको सिर्जना गर्नु र स्थानीय वासिन्दाको जीवनको सुधार गर्नु चिनियाँ उद्योग–व्यवसायले विदेशमा काम गर्दाको सामाजिक दायित्व हो । चिनियाँ युवा निर्माणकर्तालाई पनि गौरब लाग्यो । कोलम्बो बन्दरगाहको ओभरपास परियोजनाका प्रधान इन्जिनियरिङ छि स्याङ यु भन्नुहुन्छ “हाम्रो परियोजनाले श्रीलंकाका लागि १०००देखि २००० हजारसम्मको रोजगार अवसर उपलब्ध गरायो । स्थानीय वासिन्दाको पारिवारिक आम्दानी बढ्यो । परियोजनाले जीवनमा गुणस्तर पनि बढ्यो । हरेक दिन श्रीलंकाका इन्जिनियरिङ र मजदूरसँग काम गरेको, उनीहरूको जीवन क्रमशः राम्रो बन्दै गएको देखेर मलाई खुशी लाग्यो। यो चिनियाँ उद्योग–व्यवसायको एक सामाजिक दायित्व हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *