भर्खरै :

बङ्गलादेशमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै भएको विरोध प्रदर्शन जारी, ‘जनताको साथमा’ रहेको सेनाको भनाइ

बङ्गलादेशमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै भएको विरोध प्रदर्शन जारी, ‘जनताको साथमा’ रहेको सेनाको भनाइ

ढाका, ४ अगस्ट (एएफपी) । हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शनका लागि आइतबार मध्य ढाकामा भेला भएका छन् ।
प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी र सरकारबिच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ । सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको ¥यालीका क्रममा जुलाईदेखि शनिबारसम्म भएका हुलदङ्गामा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।
राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानका प्रमुख प्रदर्शनकारीमध्ये एक आसिफ महमुदले समर्थकहरूलाई सरकारविरुद्ध लड्न तयार हुन आग्रह गर्नुभएको छ ।
“बङ्गलादेशलाई स्वतन्त्र बनाउने तयारी गर्नुहोस्,” उहाँले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बिच सरकार पुनस्र्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्व सैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन् ।
पूर्व सेना प्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको प्रतिबिम्बित गर्दै आफ्नो फेसबुक प्रोफाइल तस्बिर रातो बनाउनुभएको छ ।
वर्तमान सेना प्रमुख वाकर–उज–जमानले शनिबार ढाकाको सैन्य मुख्यालयमा अधिकारीसँग कुरा गर्दै भन्नुभयो, “बङ्गलादेशी सेना जनताको विश्वासको प्रतीक हो ।”
“हामी सधैँ जनताको पक्षमा उभिएका छौँ र जनताको हित र राज्यको कुनै पनि आवश्यकताको समयमा जनताको साथमा हुनेछौँ,” शनिबार जारी भएको सेनाको विज्ञप्तिमा उहाँले भन्नुभयो ।
विज्ञप्तिमा सेनाले विरोध प्रदर्शनलाई समर्थन गरेको छ वा छैन भनेर स्पष्टरूपमा भनिएको छैन ।
सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको ¥यालीले जुलाईमा निम्त्याएको हुलदङ्गामा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।
सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनःस्थापित गरेको भए तापनि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै यस हप्ता ठुलो सङ्ख्यामा जनता पुनः सडकमा फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *