बालेन र रवि के राजनीतिक प्राणी हुन् !
- श्रावण ४, २०८३
सहकारी पैसा नहुनेको ढुकुटी हो । पैसा नहुनेहरू वा थोरै पैसा हुनेहरू सहकारीको सदस्य बनेर आफ्ना गर्जो टारेका छन् । तर, यो पवित्र उद्देश्यलाई पन्छाएर एकथरी सहकारी संस्थाहरू अनुत्तरदायी भएका छन् । पूर्वप्रधानमन्त्री तथा सहकारी आन्दोलनका एक नेता अरू सहकारी संस्थाबाट ऋण लिई आफू संवद्ध एउटा संस्थामा लगानी गरेर कैयौँ सहकारी संस्थालाई चुर्लुम्मै डुबाएका छन् । उनीसमेत अरू त्यस्तै ठगी गर्ने सहकारीहरूलाई सुधार्न सकिन्छ कि भनी प्रतिनिधिसभा सदस्य तथा प्युठान जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा एउटा संसदीय विशेष समिति गठन गरी काम भइरहेको छ तर आजसम्म एक फित्को पनि सफलता हासिल भएको छैन । के मन्त्री लामिछानेलाई त्यति धेरै वटा सहकारी संस्था डुबाउने अधिकार वा हक छ ? भन्ने प्रश्न उठेको धेरै भइसक्यो ।
तर, आजसम्म छेउटुप्पो पत्तो लागेको छ जस्तो देखिँदैन । धेरै वटा सहकारी संस्थाबाट ऋण लिएर अर्को संस्थामा लगानी गर्न कुन ऐन कानुनको कुन दफा, उपदफाले अनुमति दिन्छ ? त्यो हामीले बुझेका छैनौँ । वास्तवमा सहकारी संस्था भनेको पैसा नहुनेहरूको वा थोरै पैसा हुनेहरूको सहयोगको लागि बन्ने संस्था हो तर, नेपालमा सहकारी संस्था दुःखजिलो गरी बाँचेका निमुखा कम सम्पत्ति भएका सर्वसाधारण जनतालाई ठगी गर्ने माध्यम बनाएका छन् केही टाठाबाठाले । सूर्य थापा क्षेत्रीको अध्यक्षतामा बनेको विशेष समितिले सहकारी आन्दोलनमा टुसाएको बदमासी रोक्न सक्ला ? गम्भीर प्रश्न उठेको छ । वास्तवमा पैसा नहुने वा थोरै पैसा हुनेहरूको प्राण सहकारी आन्दोलनमा अडेको छ । सहकारीबाट ऋण लिएर विभिन्न व्यापार र व्यवसाय गरी केही नाफा कमाइ परिवारको उत्थान गरेको छ ।
सहकारी आन्दोलनको दुरूपयोग !
पवित्र उद्देश्य राखेर सहकारी संस्थाहरू गठन गरिन्छन् तर त्यो कुरा भुसुक्कै बिर्सी केही अपराधी प्रवृत्तिका टाठाबाठाले यस्तो पवित्र उद्देश्य भएको सहकारी आन्दोलन आफ्नाहरूको भलाइका लागि बिनानियम कानुन चरम दुरूपयोग गर्दै आएका छन् । सूर्य थापा क्षेत्रीको नेतृत्वमा बनेको सहकारी आन्दोलनको समस्यालाई के सम्बोधन गर्न सक्ला ? वास्तवमा सरकारसँग जनताको कार्यक्रममा लगानी गरी पुँजी अत्यन्त कम छ । हाम्रो मुलुकको यथार्थ स्थितिमा सहकारी आन्दोलनको मूल उद्देश्य प्राप्त गर्न तद्अनुसारको व्यवस्था गर्न सूर्य क्षेत्रीको समिति कति सक्षम हुन्छ, जनताले सडक किनाराबाट बडो गम्भीरका साथ हेरिरहेको छ । सहकारी संस्थाहरूलाई बिगार्न बुद्धि भएकाहरू पनि आफ्नो दुरूपयोग गरिरहेका छन् । जिल्लाको ठाउँठाउँमा सरकारी संस्थाहरू ठाउँठाउँमा खोलेर काम गर्दै छन् । यो कुरालाई सरकार संंवद्ध संस्था वा व्यक्तिहरू गम्भीरका साथ नलिई ख्यालठट्टाको रूपमा लिएको धेरै ठाउँमा देखिन्छ । ठगी गर्ने संस्था वा व्यक्तिहरूलाई ठग्ने अरू पनि धेरै संस्था छन् । त्यो ठगहरूको ध्यान सहकारीमा नगाँसिएको भए हुन्थ्यो । हाम्रो मुलुकमा समाजका विभिन्न अङ्गको विकासका निम्ति पैसा छैन वा कम छ वा प्रवृत्ति छैन । यसर्थ, कुनै हालतमा पनि सर्वसाधारण गरिबको आर्थिक उत्थान र समुन्नतिको लागि गरिरहेकै स्रोत र साधन प्रयोग गरेर समाजलाई आर्थिक रूपमा द¥हो बनाउन लाग्नपर्ने हो तर धेरै वटा सहकारी लाग्नपर्ने हो तर धेरै वटा सहकारी संस्थाले आफ्नो पुनित उद्देश्य बिर्सिएर ठगी गर्ने माध्यमको रूपमा प्रयोग गर्ने काँचो वायु कसरी बोके ? यसको कदेखि ज्ञसम्म मसिनो गरी केलाई यस्तो प्रवृत्तिलाई दुरूत्साहन गर्न समाज अघि सर्नुपर्छ ।
राम्रो बनाउनुको विकल्प छैन
जनता सहकारी आन्दोलनप्रति विछट्टै आकर्षक छन् तर आन्दोलनका नेतृत्व गर्ने ठुल्ठुलो नाम चलेका फटाहाहरूले यो आन्दोलनको विपक्षमा आफ्नो गतिविधि बढाएर एउटा गतिलो आन्दोलन विफल बनाउने मूर्खता देखाउँदै छन । कुनै हालतमा पनि त्यस्ता प्रवृत्तिको विकास हुन दिनुहुँदैन । सर्वसाधारण जनतासँग लगानीका लागि धेरै पैसा छैन । थोरै पैसा सहकारीमा जम्मा गरी धेरै ऋण लिएर आर्थिक क्रियाकलाप गरी आफूलाई सक्षम, क्रियाशील र आफै कमाएर खाने गराउनु मैले बुझेको सहकारी आन्दोलनको एउटा प्रमुख लक्ष्य हो । भक्तपुरमा यति धेरै सहकारी आन्दोलन छन् जसलाई कसैले पनि आफ्नो कब्जामा पारी ऋण लगानी गर्न सकेका छैनन् वा गर्न चाहँदैनन् । यसरी, सहकारी आन्दोलनको पक्षमा डक्क सहयोग गर्ने मानिसहरू पनि कम्ता छैनन् । अन्यथा, सहकारी आन्दोलनका केही ठगहरूको पूर्ण कब्जामा परिसक्थ्यो । एउटा संस्थाको भरमा कति परिवारले उन्नति र प्रगति गरेको छ । सरकारको आँखा नपरी सर्वसाधारण जनता आफ्नो सहकारी संस्थामा खोली, परीश्रम गरी, कमाइ, आफ्ना जहान छोराछोरी पालेका छ र उनीहरूलाई शिक्षा दीक्षा पनि दिएको छ । सहकारीका यस्ता सकारात्मक पक्षहरू पनि प्रशस्त छन् तर, यसो भनेर नोटको एकापट्टि मात्रै हेरेर चित्त बुझाउनुहुँदैन । नोट सक्कली हुन दुवैपट्टि मान्य, चिह्न र सङ्केतहरू हुनुपर्छ । यदि सहकारी आन्दोलन केही ठग र फटाहाहरूको ठगी खाने भाँडो भयो भने देश आफ्नो शक्ति र साधनले सम्मुनत कठिन हुन्छ । यो तथ्य सूर्य थापा क्षेत्रीको नेतृत्वमा बनेको र राजनीतिक अङ्गले बडो गम्भीरका साथ लिई यथा समयमा सत्य तथ्य बाहिर ल्याई सहकारी आन्दोलनलाई सफल र सार्थक बनाउनुको विकल्प छैन ।
Leave a Reply