अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
- श्रावण ४, २०८३
२०२२ को अमेरिकी राष्ट्रिय रक्षा रणनीति (एनडीएस) मा राष्ट्रिय रक्षा रणनीतिसम्बन्धी अमेरिकी आयोगद्वारा एक प्रतिवेदन जारी गरिएको थियो । प्रतिवेदनले उजागर गरेको थियो कि एनडीएस ‘पुरानो’ भइसकेको छ; अमेरिकी सेना सहीरूपमा संरचित छैन र देशको औद्योगिक आधार ‘पूर्णरूपमा अपर्याप्त छ ।’ प्रतिवेदनमा यी कमजोरीले एकैसाथ रुस र चीनको दोहोरो ‘धम्कीको सामना गर्न सम्भव बनाउँदैन’ भनेर दाबी गरेको छ । प्रतिवेदनले ‘राष्ट्रिय शक्तिका सबै तत्वहरू’ दृष्टिकोणको प्रस्ताव राखेको छ । युद्धका धेरै मोर्चाहरू सञ्चालन गर्न अमेरिकी सेनाको तत्परतालाई बलियो बनाउन आह्वान गरिएको छ ।
अमेरिकी निगम आरएएनडी कर्पोरेसनको जानकारीले देखाउँछ कि राष्ट्रिय रक्षा रणनीतिसम्बन्धी अमेरिकी आयोग आर्थिक वर्ष २०२२ मा राष्ट्रिय रक्षा प्राधिकरण ऐनअन्तर्गत बनाइएको थियो । त्यस आयोगको अध्यक्ष हाउस इन्टेलिजेन्स कमिटीको पूर्ववरिष्ठ सदस्य थिए । उसले आरएएनडी कर्पोरेसनबाट विश्लेषणात्मक र प्रशासनिक समर्थन प्राप्त गरेको थियो । तसर्थ, यो प्रतिवेदन अमेरिकी सरकारको आधिकारिक दस्ताबेज नभए पनि, यसको द्विपक्षीय प्रतिनिधित्वको कारणले गर्दा यसले अझै महत्वपूर्ण सन्दर्भको मान्यता राख्छ । विशेषगरी, यस प्रतिवेदनले विगत दुई वर्षमा अमेरिकी अधिकारीहरूले गरेका केही अन्य कार्य र कथनसहित अमेरिकी नीतिमा देखापरेका धेरै विचलनका रेखाहरू छर्लङ्ग हुन्छ ।
पहिलो, अमेरिकी सैन्य रणनीति शान्तिको अपेक्षाबाट युद्धको अपेक्षातिर सर्दै छ । शीतयुद्धको अन्त्यपछि संरा अमेरिकाले ठुला शक्तिहरूसँग युद्धको अपेक्षाभन्दा पनि दुईवटा एकैसाथ क्षेत्रीय द्वन्द्वहरू समाधान गर्ने दीर्घकालीन योजना बनाएको थियो । यी विचारको आधारमा, दीर्घकालीन लडाइँ क्षमताको सट्टा विश्वव्यापी तैनाथी र हस्तक्षेप क्षमतालाई जोड दिँदै संरा अमेरिकाले एक उच्च उन्नत र चलायमान सैन्य शक्ति निर्माण गरेको थियो । यद्यपि, लामो समयसम्म रुस–युक्रेन द्वन्द्वतर्फको प्रवृतिसँगै संरा अमेरिकाले आफ्नो अघिल्लो सैन्य रणनीति परिवर्तन र समायोजन गर्दै छ र राष्ट्रिय रक्षा नीतिलाई ‘महाशक्ति युद्ध’ को तयारीतर्फ झुकाइरहेको छ ।
दोस्रो, संरा अमेरिकाले चीन र रुसप्रति आफ्नो दृष्टिकोणलाई थप समायोजन गरिरहेको छ । रुस–युक्रेन द्वन्द्वको सुरुवातमा, अमेरिकी रणनीतिक समुदायले चीन र रुसलाई रणनीतिक तहमा सँगै जोड्नबाट जोगिनका लागि भिन्नता देखाएको थियो । यद्यपि, २०२३ को अन्त्यदेखि अमेरिकी रणनीतिक समुदायमा चीन र रुसलाई लगभग एकीकृत खतराको रूपमा लिने र व्यवहार गर्ने प्रवृत्ति देखाइरहेको छ । यस वर्ष दुवै पूर्व र वर्तमान अमेरिकी इन्डो–प्यासिफिक कमान्डरहरूले समान टिप्पणी गरेका छन् । एकातिर, यसले अमेरिका ‘दुई मोर्चामा लड्न’ डराउँदैन भनेर देखाएर आफ्नो छवि अझै बलियो बनाउन खोजिरहेको छ भने अर्कोतर्फ वाशिङ्टनले चीन र रुसलाई जबरजस्ती जोडेर र सम्बन्धित ‘धम्कीहरू’ बढाइँचढाइ गरेर पश्चिममा आन्तरिक एकता बढाउन चाहन्छ ।
तेस्रो, अमेरिकी उत्पादन उद्योगको पुनरुत्थान गर्न युद्धको अपेक्षा प्रयोग गर्ने प्रयास गर्दै छ । यस प्रतिवेदनमा, राष्ट्रिय रक्षा रणनीतिमा अमेरिकी आयोगले रक्षा उद्योगको पुनरुत्थान र विकासमा विशेष ध्यान दिन्छ । वस्तुगतरूपमा भन्नुपर्दा, शान्तिको समयमा, रक्षा उत्पादन सामान्यतया अपेक्षाकृत कम स्तरमा सञ्चालन हुन्छ, जुन स्वाभाविकरूपमा युद्धकालका मागहरू पूरा गर्न आवश्यक ‘पूर्ण थ्रोटल’ राज्यसँग तुलना गर्न सकिँदैन । तसर्थ, अमेरिकी रक्षा (अस्त्र) उद्योग ‘महान् शक्ति द्वन्द्वका मागहरू’ पूरा गर्न पर्याप्त छैन भन्ने राष्ट्रिय रक्षा रणनीतिको अमेरिकी आयोगको दाबी अज्ञानताको नाटक गर्ने जानाजानी कार्य हो । संरा अमेरिकामा बढ्दो सामाजिक विभाजन र राजनीतिक ध्रुवीकरणको बिचमा, उनीहरू विश्वास गर्छन् कि उनीहरूले देशलाई छिट्टै एकताबद्ध गर्न छोटो बाटो (सर्टकट) खोजेका छन् । यद्यपि, वास्तविकतामा तिनीहरूले आफैलाई जोखिमपूर्ण अवस्थामा राखिरहेका हुन सक्छन् र अन्ततः गम्भीर प्रतिक्रियाको सामना गर्न सक्छन् ।
पाँचौँ, यसले सङ्केत गर्दछ कि वाशिङ्टनले रूसबाट सैन्य खतराको पुनः मूल्याङ्कन गरिरहेको हुनसक्छ । त्यस प्रतिवेदनले सुझाव दिन्छ कि हालको अमेरिकी रक्षा रणनीतिले ‘रूसबाट खतरालाई कम गर्छ’ र युरोपमा अमेरिकी सैन्य तैनाथी बढाउन सिफारिस गरेको छ । चालु रुस–युक्रेन द्वन्द्वको पृष्ठभूमिमा यी निष्कर्षहरूले स्पष्ट पार्दछ कि अमेरिकामा केहीले घरेलु र विदेश नीति सहमतिलाई एकताबद्ध गर्ने माध्यमको रूपमा रुसको खतरालाई जोड दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा रूसको प्राथमिकतालाई माथि उठाउने प्रयास गरिरहेको हुनसक्छ ।
सङ्क्षेपमा, यो प्रतिवेदनले बढ्दो सैन्य अपेक्षा र चीन तथा रुससँग सम्भावित द्वन्द्वको तयारीलाई सङ्केत गर्छ । यसले प्रस्ताव गर्दछ कि सम्भवतः ‘युद्धकालीन परिचालन’ को निम्ति संरा अमेरिकाले ठुलो परिवर्तन र लगानी गर्न आवश्यक छ । यो अस्पष्ट छ कि यी सिफारिसलाई आधिकारिक अमेरिकी नीतिमा कसरी समावेश गरिनेछ, तर रिपोर्टको द्विपक्षीय प्रकृति र हालका वर्षहरूमा घरेलु राजनीतिज्ञहरूका यस्तै कथनले सतर्क रहनको लागि स्मृति स्तम्भको रूपमा काम गर्दछ । हामी यी अमेरिकी कथनहरूमा निहित युद्धको सम्भाव्यताबाट सतर्क हुनुपर्दछ र तद्नुसार जनमत र रणनीतिक योजनाहरू तयार गर्नुपर्दछ । त्यतिमात्र होइन हामीले आफ्नो संयमता कायम राख्नुपर्छ, संरा अमेरिकाको चरम चीनविरोधी गुटको पासोमा फस्नदेखि सावधान रहनुपर्छ र तिनीहरूको चरम बयानबाजीलाई वास्तविकता बन्नबाट रोक्नुपर्छ ।
संसारको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धको रूपमा, चीन–अमेरिका सम्बन्ध नयाँ शीतयुद्ध वा तातो युद्धमा पनि सजिलै पर्नेछैन जुन केही व्यक्तिगत अमेरिकी राजनीतिज्ञहरूले उक्साउन खोजिरहेका छन् । दुई देशबिचको सम्बन्धको जटिलता र निरन्तर परिवर्तन भइरहेको अन्तर्राष्ट्रिय परिवेशले यस सम्बन्धमा विभिन्न आवाज उठेका छन् । वाशिङ्टनमा केहीले वकालत गरेको ‘बृहत् शक्ति युद्ध’ को अपेक्षातर्फ थप परिवर्तनजस्ता केही चरम आवाजद्वारा उजागर गरिएका खतरनाक प्रवृत्तिहरूबारे चीन सधैँ सतर्क रहनुपर्छ । हामीले समग्र अवस्थालाई बुझ्नुपर्छ, चरम बयानबाजीबाट बहकिनुहुँदैन र चीन–अमेरिका सम्बन्धलाई सकारात्मक दिशामा अगाडि बढाउन जारी राख्नुपर्छ ।
विश्व इतिहासभरि धेरै द्वन्द्व वा युद्धहरू प्रायः गलत निर्णय वा गलत गणनाहरूद्वारा भएका छन् । संरा अमेरिकामा धेरैले चीनविरुद्ध कडा अडान लिन र यस मुद्दामा निश्चित रणनीतिक सहमति बनाउने प्रयास जारी राखेका छन् तर वास्तवमा, चीनसँगको सम्बन्धलाई कसरी सम्हाल्ने भन्नेबारे अमेरिकाभित्र धारणामा विविधता छन् र निन्दनीय पनि छन् । हामीले चरम र कट्टरपन्थी बयानबाजीप्रति सतर्क रही आलोचना गर्दै त्यहाँ तर्कसङ्गत र प्रगतिशील शक्तिहरूको उत्थानका लागि प्रयास जारी राख्नुपर्छ ।
(लेखक फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडीजका प्राध्यापक हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply