भारतमा मोदी सरकार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन जारी
- श्रावण ५, २०८३
संरा अमेरिकी सरकारको आधिपत्यवादी सोच र सैन्य–औद्योगिक क्षेत्रको हितमा चल्ने गठबन्धनहरू र सैन्य सङ्गठनहरू स्थापना गर्ने बानी छ । उदाहरणको लागि सोभियत सङ्घको विघटनसँगै १९९१ मा सैन्य गठबन्धन नाटो विघटन हुनुपर्ने थियो तर यो संरा अमेरिकाद्वारा सञ्चालित विभिन्न द्वन्द्वहरूका कारण अमेरिकी सैन्य–औद्योगिक क्षेत्रको लागि नाफा सिर्जना गर्ने र संरा अमेरिकालाई युरोपमा प्रभुत्व जमाउन सक्षम पार्ने नियतले यसलाई निरन्तरता दिइएको छ ।
संरा अमेरिकाले आफ्नो आधिपत्य कायम राख्न अन्य देशहरूको रणनीतिक सुरक्षाको बलिदान गर्दै ‘साना गुटहरू’ को एक श्रृङ्खला निर्माण गर्छ । हालैका वर्षमा संरा अमेरिकाले चीनको उदयलाई नियन्त्रण गर्न र क्षेत्रीय मामिलामा आफ्नो हस्तक्षेप बढाउन क्वाड र अउकसजस्ता विशेष ‘सैन्य गुटहरू’ को एक श्रृङ्खला निर्माण र विस्तार गरेको छ । यी अमेरिकी कार्यहरूले विश्वव्यापी स्थिरताका लागि गम्भीर चुनौती खडा गरेको छ र विश्वको शान्ति र सुरक्षालाई खतरामा पारेको छ ।
तथाकथित ‘अउकस’ अमेरिका, बेलायत, अस्ट्रेलिया त्रिपक्षीय सुरक्षा साझेदारी सम्बन्धको छोटकरी नाम हो । त्यसका दुईटा प्रमुख स्तम्भ छन् । एक, अस्ट्रेलियामा आणविक पनडुब्बी तैनाथ गर्ने र तीन देशद्वारा पुस्ताको आणविक पनडुब्बीको संयुक्त अनुसन्धान र विकासमा सङ्क्रमण गर्ने । दुई, उन्नत युद्ध लडाइँ क्षमता अगाडि बढाउन उदीयमान प्रविधिको संयुक्तरूपमा विकास र प्रयोग गर्ने । यस सम्बन्धमा अमेरिका, बेलायत र अस्ट्रेलियाले अन्य तथाकथित ‘समान विचारधारा भएका देश’ लाई सामेल हुन सक्रियरूपमा आह्वान गरेका छन् ।
‘अउकस’ अमेरिका केन्द्रित सङ्गठन हो भने अरू सदस्य त्यसको रणनीतिक साझेदार मात्र हुन् । जापानको लागि ‘अउकस’ जस्ता सैन्य समुदायमा संलग्न भएर अमेरिकी वैदेशिक रणनीतिक ‘चेस’ बन्नेछ ।
अमेरिकी सरकारले संसारलाई विभिन्न शिविरमा विभाजन गर्न रुचाउँछ । शीतयुद्धको समयमा यसले पुँजीवाद र समाजवादको बिचमा द्वन्द्व सिर्जना ग¥यो र अब यसले तथाकथित लोकतन्त्रविरुद्ध निरङ्कुशताको कथा सिर्जना गर्दै तथाकथित मूल्यमान्यताको गठबन्धनलाई एकसाथ जोड्ने प्रयास गरिरहेको छ । विडम्बना यो हो कि संरा अमेरिकामा पनि साँचो प्रजातन्त्र छैन । अमेरिकी अर्थशास्त्री जोसेफ स्टिग्लिट्जले एक पटक भनेका थिए कि अमेरिका “१ प्रतिशतको देश हो, १ प्रतिशतले १ प्रतिशतको लागि शासन गरिरहेको छ ।”
संरा अमेरिकाले ‘सहयोगीहरू’, ‘मूल्य–मान्यताहरू’ र ‘अन्तर्राष्ट्रिय नियमहरू’ को बारेमा कुरा गर्छ, तर यसको वास्तविक हिसाब सधैँ ‘अमेरिकी हित,’ ‘अमेरिका पहिलो’ र ‘अमेरिकी आधिपत्य’ को बारेमा हुन्छ । संरा अमेरिकाले आफ्नो शीतयुद्धको मानसिकता त्याग्नुपर्छ र अमेरिकी आधिपत्य अलोकप्रिय छ र खेमा भिडन्तको कुनै भविष्य छैन भनी स्वीकार गर्नुपर्छ । यसले संसारमा शिविर मतभेद र युद्ध ल्याउने कोसिस बन्द गर्नुपर्छ ।
Leave a Reply