संविधान संशोधनबारे व्यापक छलफलको आवश्यकता
- श्रावण ४, २०८३
स्तनपान भन्नाले एउटी आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्किने प्राकृतिक दूध खुवाउनु हो । शिशु जन्मेको १ घण्टाभित्र जतिसक्दो चाँडो आमाको दूध खुवाउन सुरु गर्नुपर्दछ । यसो गर्दा बच्चा र आमा दुवै स्वस्थ रहन्छ । शिशुको पहिलो खोप भनेको नै आमाको दूध हो । शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमा पाइन्छ । त्यसैले बच्चा जन्मेदेखि ६ महिनासम्म पानी पनि नखुवाइकन आमाको दूधमात्र खुवाउनुपर्दछ जसलाई पूर्ण स्तनपान भनिन्छ भने ६ महिनापछि शिशुलाई आमाको दूध सँगसँगै थप खानाको पनि आवश्यकता पर्दछ र उमेरअनुसार मात्रा मिलाएर थप खाना पनि दिँदै जानुपर्दछ शिशु २ वर्ष नपुगेसम्म आमाको दूध खुवाउनुपर्दछ ।
– आमाको दूध बालबालिकाको लागि अमृत सामान हो । यसले बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराई जीवन रक्षा गर्दछ ।
– आमाको स्तनबाट निस्कने पहेँलो बिगौती दूधले खोप सरह काम गर्दछ जसले शिशुलाई निमोनिया झाडापखाला, कान, छाला, पेट तथा श्वासप्रश्वासका सङ्क्रमणसँग लड्न सक्ने क्षमता बढाउँछ ।
– आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पानी र खनिज तत्वहरू पर्याप्त मात्रामा हुन्छ ।
– शिशु जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिट्टै बाहिर आउने र बढी रगत बग्ने खतरालाई घटाउँछ ।
– महिलालाई हुने स्तन र पाठेघरको क्यान्सर हुने खतरा पनि घटाउँदछ ।
– किन्न, तताउन नपर्ने भएकोले शिशुले चाहेको बेला सजिलैसँग उपलब्ध हुन्छ । जुनसुकै बेला जहाँ पनि खुवाउन सकिन्छ ।
– सफा, पोषिलो र ठीक तापक्रम हुन्छ ।
– स्तनपानले आमासँगको आत्मीयता बढाई शिशुको मानसिक, बौद्धिक र शारीरिक तथा सामाजिक विकास गर्दछ ।
त्यसैले, शिशुलाई जन्मदिएपछि हरेक आमाले स्तनपान गराउन जरुरी छ । यसले आमा र बच्चालाई सुरक्षित गर्दछ । समाज परिवारका हरेक व्यक्तिले स्तनपानको महत्व बुझी आमालाई स्तनपान गराउनमा साथ र सहयोग दिई स्तनपान गराउन प्रोत्साहन दिनुपर्छ ।
Leave a Reply