सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, २३ साउन । आधारभूत विद्यालय समिति भक्तपुरको २६ औँ वार्षिक साधारणसभा बुधबार बरदायणी आधारभूत विद्यालयमा सम्पन्न भयो ।
सभामा भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष तथा विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले शिक्षा क्षेत्रमा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी गरी शैक्षिक क्षेत्रको जगलाई राम्रो र बलियो बनाउनुपर्ने बताउनुभयो ।
उहाँले शासक तथा सरकारका मन्त्रीहरू शैक्षिक क्षेत्रको विकासका लागि चिन्तनमनन नगर्ने प्रवृत्तिले गर्दा देशका शैक्षिक अवस्था कमजोर बनेको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीले शिक्षालाई उच्च प्राथमिकतामा राखी विविध शैक्षिक सुधारका लागि निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो ।
नगर शिक्षा शाखा भक्तपुर नगरपालिकाका प्रमुख साधुराम फुयाँलले भक्तपुर नगरको शैक्षिक इतिहास गौरवपूर्ण रहेको र त्यसमा आधारभूत विद्यालय समितिको प्रयास सकारात्मक रहेको बताउनुभयो । विद्यालय शिक्षाको विकासमा अझै धेरै समस्या र चुनौती रहेको उल्लेख गर्दै उहाँले शाखाको तर्फबाट समाधान गर्न सकिने समस्याको पहिचान गरी अगाडि बढिरहेको बताउनुभयो ।
गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले देशको अव्यवस्थित शैक्षिक अवस्थाबारे एकले अर्कोलाई दोषारोपण गरेर नभई नीतिगत व्यवस्था र व्यवहारिक आवश्यकताको तारतम्य मिलाउनेतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरको जगैदेखिको विद्यालय तथा शैक्षिक क्षेत्रलाई मजबुत बनाउन शिक्षकका साथै भक्तपुर नगरपालिका सक्रिय हुनुपर्ने बताउनुभयो ।
समितिका अध्यक्ष दीपक माकले आधारभूत विद्यालयको विकासका लागि सरकारले प्रारम्भिक बाल विकास तहमा उमेर र तहअनुसार छुट्टाछुट्टै बालमैत्री कक्षाहरू सञ्चालन गर्न आवश्यक शिक्षकको बन्दोबस्त गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी, शिक्षक र विद्यालयलाई केन्द्रबिन्दुमा राखेर समितिले विविध शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
समितिको वार्षिक गतिविधि, परीक्षा र आयव्ययसम्बन्धी प्रतिवेदनहरू पारित गरेको सो कार्यक्रममा समितिका सचिव सूर्यबहादुर फोजु र उपाध्यक्ष तीर्थलक्ष्मी धन्छाले समितिको इतिहास र गतिविधिबारे आफ्ना धारणा राख्नुभएको थियो । साधारणसभाले सूर्यबहादुर फोजुको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित ग¥यो ।
Leave a Reply