कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
भक्तपुर, २३ साउन । बाल विकास सेकेन्डरी स्कुलका शिक्षक शिक्षिकाहरूबिच भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले शिक्षकहरू क्यान्सर रोगबारे जानकार भए समाजमा टेवा पुग्ने बताउनुभयो । उहाँले शिक्षकहरू मात्र सचेत हुने होइन† विद्यार्थी, परिवार र समाजलाइ पनि बताउन अुनरोध गर्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सर रोगले अकालमा धेरै मान्छेले मृत्युवरण गरिरहेको अवस्थामा सचेतनामूलक कार्यक्रम अत्यावश्यक भएको औँल्याउनुभयो ।
कार्यक्रममा डा. एलिजा श्रेष्ठले महिलाको पाठेघर र स्तन क्यान्सर रोगसम्बन्धी र डा. मोहम्मद अर्फान आजादले ब्लड क्यान्सरसम्बन्धी जानकारी दिनुभयो । सम्बन्धित रोगको बारेमा शिक्षक–शिक्षिकाहरूबीच छलफल र अन्तरक्रिया पनि भयो ।
डा. उमेश खाइतूकोे पनि उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षिका सुलोचना छ्वाजुले पनि बोल्नुभयो ।
Leave a Reply