सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, २३ साउन । भनपा वडा नं ५ को आयोजनामा विश्व स्तनपान सप्ताहको अन्तिम दिन बुधबार आमा समूह र वडा स्वास्थ्य स्वयम्सेवीहरूलाई लक्षित गरी स्तनपानको महत्व र वैज्ञानिकताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वडाध्यक्ष योगेन्द्रमान बिजुक्छँेले आधुनिकताको नाउँमा नयाँ पुस्ताका आमाहरूले स्तनपानको वैज्ञानिक पक्षलाई बेवास्ता गरेको हुँदा मातृ र शिशु दुवैमा नयाँनयाँ समस्या देखा पर्न थालेको बताउनुभयो । उहाँले सहभागी आमाहरूले आफूले सिकेको कुरा अरुलाई पनि सिकाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं. ५ का नर्स रीतिका फाँजुले स्तनपानले महिलामा स्तन क्यान्सर तथा पाठेघरको क्यान्सरको जोखिममात्र घटाउने नभई नवजात शिशुको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने तथ्यलाई प्रस्ट्याउँदै स्तनपान गराउँदा आमाले ध्यान दिनुपर्ने पक्षबारे जानकारी दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
Leave a Reply