सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइचिङ, ७ अगस्ट (सीआरआई) । सन् २०२४ अगस्ट ६ का दिन चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका सदस्य तथा चीनका परराष्ट्र मन्त्री वाङ यीले इजिप्टको परराष्ट्र तथा अध्यागमन मन्त्री बडेल अब्दुल अतीसँग फोनवार्ता गर्नुभएको छ ।
दुवै पक्षले मध्यपूर्व परिस्थितिबारेमा विचार आदानप्रदान गरेका छन् । वाङ यीले हाल गाजा द्वन्द्व अन्तर्राष्ट्रिय समुदायको केन्द्रबिन्दु भएको र निरन्तर द्वन्द्वको कारणले गम्भीर मानवीय विपत्ति भएको बताउनुभएको छ ।
वाङ यीले भन्नुभएको छ, “संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले युद्धविराम घोषणा गरे पनि युद्धको अवस्था अझै छ । हमासका राजनीतिक व्यूरोका अध्यक्ष हानियाको तेहरानमा हत्या गरिएपछि क्षेत्रीय परिस्थिति थप खतरनाक बनेको छ । सो हत्या कार्यले संयुक्त राष्ट्र सङ्घको बडापत्रको मूल सिद्धान्त र इरानको सार्वभौमिकताको उल्लङ्घन गरेको छ र शान्तिका विभिन्न प्रयासलाई कमजोर पारेको छ र गाजा युद्धविराम कठिन बनेको छ । यसको हामीले विरोध गर्नुपर्छ र निन्दा गर्नुपर्छ ।”
त्यस्तै, अगस्ट ६ कै दिन चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले जोर्डनका उपप्रधानमन्त्री एवम् विदेशमन्त्री सफादीसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्वको स्थिति सम्बन्धमा विचार आदानप्रदान गर्नुभएको छ ।
सफादीले हमास नेता हानियाहको हत्याले मध्यपूर्वमा थप तनाव बढेको र अवस्था निकै खतरनाक भएको बताउनुभयो । उहाँले भन्नुभयो, जोर्डन विश्वास गर्दछ कि द्वन्द्व बढ्दै जाँदा कुनै पनि पक्षलाई फाइदा हुँदैन र यसले धेरै नोक्सानमात्र पु¥याउँछ । अन्तर्राष्ट्रिय समुदायले द्वन्द्वको वृद्धिबाट जोगिन, गाजामा जतिसक्दो चाँडो युद्धविराम हासिल गर्न र अन्ततः ‘दुई–राज्य समाधान’ मार्फत स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना गर्न तत्काल कदम चाल्नुपर्छ ।
वाङ यीले उक्त हत्याको चीनले दृढतापूर्वक विरोध र कडा निन्दा गरेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, यस सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले अझ बढी सर्वसम्मत आवाज उठाउनुका साथै एक संयुक्त बल बनाउनुपर्छ ।
Leave a Reply