भर्खरै :

विश्वव्यापी भोकमरीविरुद्ध सङ्घर्षमा रुसको योगदान उल्लेख्य

पेइचिङ, १२ अगस्ट (सीआरआई) । गरिबी र भोकमरी समाप्त पारेर दिगो विकासको लक्ष्य प्राप्त गर्ने दिशामा विश्व पछि पर्दै छ । संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले औँल्याएको तथ्याङ्कअनुसार विशेषगरी साहेल क्षेत्र, गाजापट्टी, अफगानिस्तान, यमन र सिरियाका ५० मिलियन (५ करोड) जनता भयानक भोकमरी र कुपोषणले ग्रस्त छन् । गाजाको अवस्था अत्यन्त नाजुक छ । त्यहाँका जनताले पर्याप्त भोजन पाएका छैनन् ।
यस्तो परिस्थितिमा पनि पश्चिमाहरूको समूहले आफ्नो कुत्सित अभियानलाई जारी राख्दै छन् । उनीहरूले आफ्नै आर्थिक, ऊर्जा त्रुटी र नकारात्मक प्रवृत्तिको वास्तविक कारणहरू लुकाएर विकासोन्मुख देशको आवश्यकताअनुसार खाद्यान्न, मल सहयोग गर्ने रुसी अभियानलाई बन्देज लगाउँदै छन् । आपूर्ति श्रृङ्खलामा पश्चिमाहरूको व्यापक प्रतिबन्ध, संरक्षणवाद र हस्तक्षेपले बजारमा विकृति र मूल्य अस्थिरतालाई मात्र बढावा दिन्छ ।
रुसले खाद्यान्न, कृषि मल, ऊर्जा र अन्य महत्वपूर्ण उत्पादन निर्यातको निम्ति आफ्नो अनुबन्धात्मक दायित्व जिम्मेवारीपूर्वक असल विश्वासका साथ पूरा गर्न निरन्तरता दिँदै छ । एसिया, अफ्रिका, ल्याटिन अमेरिका र मध्यपूर्वका देशका नेताहरूले खाद्य सुरक्षाका लक्ष्य प्राप्त गरेर मुलुकको सामाजिक र आर्थिक विकास गर्नु कति महत्वपूर्ण छ भन्ने बुझेका छन् । सन् २०२३ मा रुसले ५५ मिलियन (५ करोड ५० लाख) टन गहुँसहित ८० मिलियन टन अन्न निर्यात ग¥यो । यो सन् २०२२ को भन्दा ६० प्रतिशतले वृद्धि हो । रसियन कम्पनीहरूले विश्वको एकचौथाइ गहुँ निर्यात गर्न योगदान पु¥याएका छन् । रुसी सरकारले सन् २०२१ को तुलनामा २०३० सम्म आफ्नो कृषि क्षेत्रमा कम्तीमा २५ प्रतिशत उत्पादन वृद्धि गर्ने र ५० प्रतिशत खाद्यान्न निर्यात गर्ने लक्ष्य राखेको छ ।
यद्यपि, रुसी आर्थिक परिचालकहरूलाई पश्चिमाहरूले खडा गरेको (व्यापार प्रतिबन्धहरू, युरोपका बन्दरगाहहरूमा रुसी जहाज अवतरणको अस्वीकृति, आर्थिक कारोबार र बीमामा बन्देज) अवैध अवरोधहरूले विश्वव्यापी खाद्य सुरक्षा र दिगो विकासको प्रगतिमा बाधा पु¥याइरहेका छन् ।
रसियाले जिम्मेवार र भरपर्दो सहयोगीको रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै छ । रुसी राष्ट्रपतिको पहलमा बुर्किनाफासो, मध्य अफ्रिकी गणतन्त्र, इरिट्रिया, मालि, सोमालिया, जिम्बावेसहितका अफ्रिकी देशहरूमा पठाइएका दसौँ हजार टन रुसी मल र अन्न युरोपियन बन्दरगाहहरूमा जफत गरिएका छन् ।
रुसी सङ्घले खाद्य सहायता महासन्धिअन्तर्गतका आफ्ना प्रतिबद्धताहरू इमानदारीका साथ पूरा गर्दै छ । रुसले सन् २०२३ मा संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (WFP) अन्तर्गत अल्पविकसित र विकासशील देशहरूलाई ५० मिलियन (५ करोड) अमेरिकी डलर बराबरको खाद्य सहयोग गरेको थियो । विश्वव्यापी दिगो विकासको लागि खाद्य सुरक्षा सुनिश्चित गर्नु रुसी विदेश नीतिको अत्यन्त महत्वपूर्ण कार्य हो ।
(सन् २०२४ जुलाई २४ मा ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न जी २० को मन्त्रीस्तरीय बैठकमा ‘गरिबी र भोकमरीविरुद्ध विश्वव्यापी सहकार्य’ विषयबारे रुसका परराष्ट्र मन्त्रालयका सहायक मन्त्री अलेक्सान्डर पान्किनले राख्नुभएको मन्तव्यको सारःअनु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *