भर्खरै :

जापानी ७३१ फौजको पूर्वसदस्य हिदेओ शिमिजुद्वारा चिनियाँ जनतासँग क्षमायाचना

जापानी ७३१ फौजको पूर्वसदस्य हिदेओ शिमिजुद्वारा चिनियाँ जनतासँग क्षमायाचना

पेइचिङ, १३ अगस्ट (सीआरआई) । जापानी ७३१ फौजको पूर्वसदस्य हिदेओ शिमिजुले अगस्ट १३ का दिन चिनियाँ हारपिन शहरमा अवस्थित चीनमाथि आक्रमण गर्ने जापानी सेनाको ७३१ फौजको दोषी प्रमाण सङ्ग्रहालय गएर माफ माग्नुभएको छ ।
यस वर्ष हिदेओ शिमिजुको उमेर ९४ वर्ष भएको छ । सन् १९४५ मार्चमा १४ वर्षीय हिदेओ शिमिजु सेनामा भर्ती हुनुभयो र हारपिनमाथि आक्रमण गर्ने जापानी सेनाको ७३१ फौजमा खटिनु भयो । सन् १९४५ अगस्ट १४ तारिख जापानी हारपनिबाट भागेर जापान फर्कदा उहाँ पनि जापान फर्कनुभएको थियो ।
यसअघि उहाँले एउटा लेखमा लेख्नुभएको थियो, “ऐतिहासिक तथ्य लुकाउन सकिँदैन । म आफ्नो जीवनकालमा चीनमाथि आक्रमण गर्ने जापानी सेनाको ७३१ फौजको पुरानो स्थलमा फर्केर चिनियाँ जनताप्रति गहिरो क्षमायाचना व्यक्त गर्ने अठोट गर्छु । जसले अझ बढी जनताको प्रतिबिम्ब र सतर्कता जगाउने, कडा परिश्रमले प्राप्त गरेको शान्तिको कदर गर्ने र युद्धको त्रासदीको पुनः सुरु हुन नदिने आशा गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *