अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
फिडेल क्यास्ट्रो साम्राज्यवादविरोधी सङ्घर्षका एक योद्धा, स्वतन्त्रता र मुक्ति, न्याय र समानतामा आधारित समाजवादी व्यवस्था स्थापनाको निम्ति निरन्तर सङ्घर्ष गर्ने सङ्घर्षशील हुनुहुन्थ्यो । श्रमजीवीवर्गको उत्थान र मुक्तिको निम्ति या समाजवादी क्रान्तिको लागि लागेका क्यास्ट्रो एक उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो । उहाँले उपनिवेशवाद तथा साम्राज्यवादविरोधी सङ्घर्षलाई नयाँ उचाइमा पु¥याउनुभयो । आफ्नो देशको मात्र होइन विभिन्न देशका जनताको न्याय, स्वतन्त्रता र सार्वभौमिकताको निम्ति उहाँले अह्म भूमिका निर्वाह गर्नुभयो । क्युवाली जनतालाई एकताबद्ध गर्न र ल्याटिन अमेरिकालाई नै क्युवाको अनुभवबाट उत्साहित गर्न क्यास्ट्रो लाग्नुभएको थियो । क्युवाली जनता अहिले पनि समाजवादको रक्षाको निम्ति लडिरहेका छन् ।
क्युवालाई बहादुरहरूको देश भनिन्छ । क्युवामा दशकौँदेखि संयुक्त राज्य अमेरिकाको नाकाबन्दी चालु छ । साम्राज्यवादी देश अमेरिकाको उक्त नाकाबन्दीको क्युवाली सरकार र क्युवाली जनता सामना गर्दै छन् । नाकाबन्दीको कारण जस्तो समस्या सामना गर्नुपरे पनि क्युवाली सरकार र जनता साम्राज्यवादी शक्तिसामु झुकेनन् । संसारकै शक्तिशाली देशसामु नझुकी कम्युनिस्ट पार्टीको झन्डा फरफराइरहनु सामान्य होइन । क्रान्ति सफल भएपछि बनेको सरकारले समाजवादी नीतिअनुसार स्तरीय र निःशुल्क स्वास्थ्य, शिक्षा, गाँस, बास र कपासको प्रत्याभूति गरेको थियो । सरकारले सामाजिक क्रान्तिको माध्यमबाट सामाजिक कुसंस्कार, रङ्गभेद र जातिभेद आदि कुरीति तथा विकृतिहरू उन्मूलन गरी स्वस्थ र सुसंस्कृत समाज निर्माण गर्न, सबैलाई समान अवसर दिन, क्रान्तिकारी भूमिसुधार लागु गर्ने काम गरेको थियो ।
फिडेल क्यास्ट्रोको नेतृत्वमा बनेको क्रान्तिकारी सरकारले महँगो विद्युत् महसुल दर घटायो । सरकारले क्युवाली क्रान्तिपछि अनिवार्य र निःशुल्क गुणस्तरीय शिक्षा दिने घोषणा ग¥यो । निरक्षरता उन्मूलन गर्ने शिक्षा नीतिको घोषणा गरियो । रङ्गभेद, जातिभेद, वेश्यावृत्ति, जुवा तास, गुण्डागुर्दीजस्ता सामाजिक कुसंस्कार, कुरीति र विकृतिहरू निर्मूल गरी प्रगतिशील मूल्य र मान्यताको समाज स्थापित गरियो । क्युवाली जनताकै रगत पसिना चुसेर बचत गरेको देशी विदेशी शोषक, पुँजीपतिहरूको पुँजी राष्ट्रियकरण गरी शिक्षा, कृषि, उद्योग र अन्य क्षेत्रमा लगानी गरियो । क्रान्तिपछि क्युवाको साहित्यिक फाँटमा पनि प्रगति गरियो । सिँचाइको व्यवस्था गरियो । सुधार गरिएको बीउबिजन, रासायनिक मल, आवश्यकताअनुसार यान्त्रिकीकरण आदिको व्यवस्था गरियो । पुँजीवादी स्वतन्त्र बजार अर्थतन्त्रले विश्वमा प्रभुत्व जमाइरहेको स्थितिमा क्युवाको समाजवादलाई टिकाइराख्न क्यास्ट्रोले विशेष भूमिका खेल्नुभएको थियो ।
क्रान्तिको विजयको अर्थ अन्यायको अन्त्य हो† गरिबी र बेरोजगारीको अन्त्य हो । क्युवाली क्रान्तिले त्यही ग¥यो । वैज्ञानिक अध्ययन केन्द्रहरू खोलिए । सारमा, क्युवाली क्रान्तिले शिक्षा र संस्कृतिमा लामो फड्को पार ग¥यो । क्युवाली चिकित्सकहरू विदेशमा अन्तर्राष्ट्रवादी भावनाअनुसार काम गर्थे । २०७२ सालको भूकम्पको बेला क्युवाली चिकित्सकहरू उपचारको क्रममा नेपाल आएका थिए । क्युवाली नेता क्यास्ट्रोले भन्नुभएको थियो, “क्युवाको आगोको भट्टीमा क्युवाली अन्तर्राष्ट्रिय चिकित्सकहरू संसारको सबभन्दा राम्रा मानवीय इस्पातहरू बन्दै छन् ।” पच्छिमी सञ्चारमाध्यमको विश्वव्यापी हल्लाविपरीत क्युवाका जनतामा विश्वको उत्कृष्टतम प्रजातन्त्र र मानव अधिकारको प्रत्याभूति हुने व्यवस्था गरिएको थियो । मानव अधिकार र नागरिक अधिकारको प्रत्याभूति गरिएको थियो । मानव अधिकार भनेको बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचार गर्ने अधिकार, शिक्षा आर्जन गर्ने अधिकार पाउनु हो । अर्थात्, समाजमा समानतापूर्वक बाँच्न पाउने अधिकार नै मानव अधिकार हो । क्युवामा लिङ्ग, धर्म, आस्थाको आधारमा कुनै नागरिकमाथि भेदभाव हुँदैनथ्यो । यसरी १९२६ अगस्ट १३ का दिन जन्मेका क्युवाली जनताका नेता एवम् राष्ट्रपति फिडेल क्यास्ट्रोले क्युवामा आमूल परिवर्तन ल्याएर जनताको सुखको मार्ग खोज्नुभयो र समाजवादी क्रान्तिबाट प्राप्त उपलब्धिहरू जनतालाई बाँड्नुभयो ।
Leave a Reply