भर्खरै :

क्यास्ट्रोको जन्मदिनमा प्रवचन

क्यास्ट्रोको जन्मदिनमा प्रवचन

सुर्खेत, २९ साउन । क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोको ९८ आँै जन्म दिवसको अवसरमा वीरेन्द्रनगरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले क्युवाली क्रान्तिबाट सिक्नुपर्ने बताउँदै क्यास्ट्रोले क्युवाली पँुजीवाद र अमेरिकी साम्राज्यवादलाई तह लगाई समाजवादी झन्डालाई युगाँै युगसम्म फह¥याउने जग बसालेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले क्युवाली क्रान्तिले क्युवाली जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायतका विषयमा परिवर्तन गरेको बताउँदै नेपाली जनतालाई पुँजीवादी शासकहरूले शोषण गरिरहेकाले सम्पूर्ण कामदार जनतालाई सचेत र सङ्गठित गरी समाजवादी क्रान्तिको अगुवाइ गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला सचिवालय सदस्य अन्जीरबहादुर शाही, नेपाल क्रान्तिकारी युवा सङ्घका उपाध्यक्ष लालबहादुर थापा, नेपाल क्रान्तिकारी किसान सङ्घका प्रेम थापा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका अकल राना, नेपाल क्रान्तिकारी महिला सङ्घका बिजुकला राना, नेपाल मजदुर किसान पार्टी सुर्खेतका पूर्वसचिव धनेन्द्र विक, नेमकिपा सुर्खेतका पूर्वसदस्य गणेश खड्का, नेमकिपा सुर्खेतका चेतन पौडेल, पार्टी नगर समितिका कुश्माखर खनाल, नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका मनबहादुर विक, अङ्गबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम आयोजक समिति नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *