के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, २६ पुस । नेपाल मजदुर किसान पार्टीको २८ औं केन्द्रीय परिषद् बुधबार चालु रह्यो ।
बुधबार परिषद्मा पार्टी केन्द्रीय सदस्य, विभिन्न जिल्ला समिति, जनवर्गीय तथा पेशागत संगठनहरुको प्रतिवेदन प्रस्तुत गरियो ।
परिषद्को अध्यक्षता गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले विभिन्न समसामयिक विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभयो ।
उहाँले समाजवादी विचार अहिलेको सबभन्दा नयाँ र अगाडि बढेको विचार भएको भन्दै पूँजीवादी विचार पुरानो र नाशवान भएको बताउनुभयो ।
गोलीले जित्न नसकिएका कम्युनिष्टहरुलाई गुलियो पोतेको विषले जित्ने गरेकोप्रति कार्यकर्ताहरुलाई सजग रहने आग्रह गर्दै उहाँले पार्टीलाई विश्वासघात गरी अन्य पूँजीवादी पार्टीहरुमा गएकाको इज्जत र प्रतिष्ठा नहुने धारणा राख्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो,‘सांसद सङ्ख्या बढाउने विषयमा पार्टीको ध्यान गए नेमकिपा पनि पूँजीवादी पार्टीहरुभन्दा फरक हुनेछैन । जनतालाई समाजवादी विचारबाट लैस गर्ने र समाजवादी आन्दोलन अघि बढाउनु नै पार्टी कार्यकर्ताहरुको दायित्व हो ।’
सबै जनताको चेतनास्तर उकासिनसकेको र आलोचनात्मक दृष्टिकोणको विकास नभइसकेको हुनाले जनताबीच काम गर्न कार्यकर्ता अझ उत्साहित हुनुपर्नेमा अध्यक्ष रोहितले जोड दिनुभयो ।
वर्गीय सिद्धान्तभन्दा साम्प्रदायिक दृष्टिकोण व्यापक बनिरहेको समयमा कम्युनिष्ट आन्दोलन कमजोर हुने प्रष्ट बनाउँदै नेमकिपाका कार्यकर्ताहरु चुनावको समयबाहेक पनि जनताबीच जानुपर्ने बताउनुभयो ।
परिषद् बिहीबार पनि चालु रहनेछ ।
Leave a Reply