हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, ३० साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित ख्वप्रिङ इङ्गलिस एकेडेमी स्कूल कक्षा ९ र १० का विद्यार्थीहरूले बुधबार नगरपालिकाको सभाकक्षमा साक्षात्कार गरेका छन् ।
विद्यालयका शिक्षक—शिक्षिकासहित करिब १०० जनाको टोलीले नगर प्रमुख प्रजापतिसँग भेटी नगरपालिकाले विशेषगरी शिक्षा क्षेत्रमा गरिरहेको असल र उदाहरणीय कार्यबारे आवश्यक जानकारी प्राप्त ग¥यो ।
टोलीलाई भक्तपुर नपामा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नेपालको संविधानले प्रदान गरेको २२ वटा एकल अधिकारको विषयमा कानुन निर्माण गरी काम गर्दै आइरहेको र स्थानीय सरकार सञ्चालनले दिएको अधिकारभित्र रही शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइलगायतका क्षेत्रको विकासमा जोड दिँदै आएको बताउनुभयो ।
स्थानीय तह जनताको नजिकको सरकार भएको बताउँदै उहाँले स्थानीय तह सक्षम र बलियो भए व्यापक जनताको हितमा काम गर्न सहज हुने बताउनुभयो ।
भक्तपुरको कला, संस्कृति र सम्पदा आदिबारे विद्यार्थीलाई अपनत्व जगाउन भक्तपुर नपाले सबै विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापनमा समेत जोड दिँदै आएको बताउनुभयो ।
उहाँले अध्ययनशील र मेहनती विद्यार्थीको समाजमा छुट्टै पहिचान हुने बताउँदै विद्यार्थीहरूले आफ्नो मौलिकता प्रदर्शन गर्ने ढङ्गले आफ्नो व्यक्तित्व विकासमा जोड दिनुपर्छ भन्नुभयो ।
विदेशीको भरमा विकास गर्ने सोचले देशको स्वाभिमानमा आँच आउने खतरा निम्तिन्छ भन्दै उहाँले सम्पदा संरक्षण सबैको साझा कर्तव्य भएको बताउनुभयो ।
विद्यार्थीहरूको जिज्ञासाबारे प्रस्ट पार्दै उहाँले नगर प्रहरी व्यवस्थापनसँगै नगरको शान्ति सुरक्षा, पार्किङ, बजार व्यवस्थापनमा सुधार आएको, राजनीति देश र समाजको निःस्वार्थ सेवा हो भन्नुभयो ।
साक्षात्कार कार्यक्रममा उपस्थित विद्यार्थीहरूले भक्तपुरको शिक्षा प्रणाली, शैक्षिक क्रान्तिको अवस्था, नेपालभाषा संरक्षण, नगर प्रहरी व्यवस्थापन, कर सङ्कलन प्रक्रिया आदिबारे जिज्ञासा व्यक्त गर्नुभएको थियो ।
Leave a Reply