हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
कैलाली, ३० साउन । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९८ औँ जन्मजयन्तीको अवसरमा मङ्गलबार लम्कीमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले फिडेल क्यास्ट्रो र क्युवाली समाजवादी क्रान्तिको चर्चा गर्दै क्यास्ट्रोको जीवन सङ्घर्ष र क्युवाली समाजवादी मोडलबारे शिक्षा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले संरा अमेरिकाको आँगनमै रहेको क्युवाले समाजवादी आन्दोलनलाई अगाडि बढाउँदै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी बन्दोबस्तकै कारण क्युवाले संरा अमेरिकालाई हाँक दिई समाजवाद वा मृत्युको नारासहित अगाडि बढिरहेको छ । क्युवाली देशभक्ति र अन्तर्राष्ट्रिय भावनाबाट संसारका न्यायप्रेमी जनताले सिक्नु आवश्यक छ ।”
कार्यक्रममा अध्यक्ष गुप्तबहादुर शाही, गजबहादुर दर्लामी, भक्तिप्रसाद जैसी र गगनबहादुर थापामगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply