सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिका वडा नं ५ को आयोजनामा यहि भाद्र ७ गते हुने ‘भ्रष्टाचार विरोधी अभियानमा बिद्यार्थीहरुको भूमिका’ बिषयक माध्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिताका सहभागि प्रतियोगीहरुलाई अभिमुखिकरण कार्यक्रमको आयोजना सम्पन्न गरियो । उक्त अभिमुखिकरण कार्यक्रमा प्रमुख अतिथि एवं प्रदेश सभासद सृजना सैजुले वडा ५ को आयोजनाको यस कार्यक्रम भ्रष्टाचार विरोधि अभियानको एउटा अंश भएको चर्चा गर्दै भक्तपुरले सिगों नेपाललाई दिने अर्को एउटा उदाहरणीय असल अभ्यास भनेको भ्रष्टाचार विरोधी निरन्तरको अभियान हो भन्नुभयो । यहि अभियानको परिणाम आज भक्तपुर नगरपालिका भ्रष्टाचार शुन्य नपाको रुपमा चिनिनु हामी सबैको गर्वको विषय भएको बताउनुभयो । साथै वहाँले भक्तपुरमा भ्रष्टाचार विरोधी अभियान कसरि शुरुवात भयो भन्ने इतिहासका बारेमा चर्चा गर्नुुहुदै करप्सन इज इभ्रिह्वोएर (अथवा भ्रष्टाचार जहाँतहि ब्याप्त छ) भन्ने यर्थाथलाई बुझेर भ्रष्टाचार विरुद्धको अभियानमा सहभागीभई भोलिदेखि यसका बारेमा बोलौं र चर्चा गर्न नयाँ पुस्तालाई आव्हान गर्नुभयो ।
कार्यक्रमका सभापति एवं वडा ५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेले स्वागत गर्नहुदै भक्तपुर मूर्त र अर्मूत सम्पदामात्र सम्पन्न होइन यहाँ त्यस्ता धेरै अमूर्त परम्पराहरु पनि छन् जसलाई हामीले असल अभ्यासका रुपमा प्रस्तुत गर्न सक्छौं । भ्रष्टाचार विरोधि अभियान पनि यस्तै एउटा परम्परा भएकोले यसका बारेमा नयाँ पुस्तालाई अवगत गराउन र भोलि उनीहरु आआफ्नो कार्यक्षेत्रमा लागेपछि यसका बारेमा सचेत हुन सघाउने भएकोले यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
अतिथि अर्थशास्त्रका प्राध्यापक राजन फाँजुले भ्रष्टाचारको आर्थिक आयमहरुका बारेमा चर्चा गर्दै भ्रष्टाचारले सिंगो मुलुकको अर्थतन्त्रमा कसरि नकारात्मक असर गर्छ भन्ने बारेमा विश्लेषण गर्नुभयो । विश्वका एकसय अस्सी देशहरुमा नेपाल भ्रष्टाचारको सूचीमा ३५ औं स्थानमा परेको चर्चागर्दै भ्रष्टाचारले गर्दा देशमा पूँजी ंिनर्माण र मानव संसाधन विकासमा सिधै नकारात्मक असर गर्ने भएकोले देश पछिपर्दै जाने बताउनु भयो । भ्रष्टाचार किन, कसले र कहाँ गर्छ भन्ने बारेमा वहाँले सामाजिक र सास्कृतिक वातावरण र परिवेशले पनि केहि हदसम्म निर्धारण गर्ने भएकोहुनाले यस्तो कार्यक्रमले नयाँ पुस्तालाई सचेत बनाउने बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रमा अर्का अतिथि एवं अधिवक्ता रामप्रसाद प्रजापतिले भ्रटाचारको बारेमा कानूनी र संवैधानिक ब्यबस्थाका बारेमा चर्चा गर्नुभयो । वहाँले विद्यमान संवैधानिक र कानूनी ब्यबस्था भ्रष्टाचारलाई निरुत्साह गर्ने भन्दा भ्रष्टाचार मैत्री बन्दै गएको बताउनु भयो । संवैधानिक र कानूनी ब्यबस्था विस्तारै खुकुलो पार्दै हाल आएर भ्रष्टाचारका मुद्दा पाँच बर्षमा किनारा नलागे स्वत खारेज गर्ने प्रावधान पाश गरेर भ्रष्टाचारलाई मलजल गर्न खोजेका बताउनुभयो जबकी धेरै देशहरुमा अहिले पनि भ्रष्टाचारको मात्रा हेरी मृत्युदण्डको सजायसम्मको ब्यबस्था भएको बताउनु भयो । त्यसैले नेपाल मजदूर किसान पार्टीका संघीय सांसद प्रेम सुवालले नेपालमा भ्रष्टाचारिलाई फाँसीको सजाय दिनुपर्ने मागगर्दै आउनु भएको स्मरण गराउनु भयो ।
कार्यक्रममा शिक्षक विमल श्रेष्ठले वक्तृत्व प्रतियोगिताको नियमहरुका बारेमा जानकारी गराउनु भयो भन्ने वडा नं ५ का निर्वाचित जनप्रतिनिधि नारायण प्रसाद त्वानाबासुले भ्रष्टाचार विरोधि आन्दोलनको चर्चागर्दै सबैलाइ धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम संचालन शिक्षक रुपकेशरी उलकले गर्नुभएको थियो । कार्यक्रममा भ्रष्टाचार र भ्रष्टाचार विरोधि अभियानसंग सम्बन्धित लेख रचनाको संगालो पुस्तिका पनि प्रतियोगीहरुलाई अध्ययनकोलागि आयोजकले उपलब्ध गराएको थियो ।
Leave a Reply