भर्खरै :

सी चिनफिङ र भियतनामी राष्ट्रपति टो लामबिच भेटवार्ता

सी चिनफिङ र भियतनामी राष्ट्रपति टो लामबिच भेटवार्ता

पेइचिङ, १९ अगस्ट (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङस्थित जन बृहत् सभा भवनमा आज चीनको राजकीय भ्रमणमा रहनुभएका भियतनामी कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष टो लामसँग भेट–वार्ता गर्नुभएको छ ।
वार्ताका अवसरमा राष्ट्राध्यक्ष सीले राष्ट्राध्यक्ष टो लामसँगै राम्रो कार्यकारी सम्बन्ध र व्यक्तिगत मित्रताको स्थापना गर्दै संयुक्त रूपमा चीन–भियतनाम भाग्य एकरूपताको निर्माणलाई अझ गहन र वास्तविक रूपमा प्रबद्र्धन गर्दै जाने इच्छा व्यक्त गर्नुभयो ।
राष्ट्राध्यक्ष सीका अनुसार, चीनले सधैँ नै भियतनामलाई छिमेकी परराष्ट्र मामिलामा प्राथमिक दिशाको रूपमा राख्नुका साथै पार्टीको नेतृत्वलाई कायम राख्न, आफ्नो देश अवस्था अनुकूल हुने समाजवादी बाटोको छनोट गर्न र गहन रूपमा क्रान्तिकारी खुलापन तथा समाजवादी आधुनिकीकरण कार्यलाई अघि बढाउन भियतनामलाई समर्थन गर्दै जानेछ ।
वर्तमान विश्वका दुईवटा सत्तारूढ कम्युनिस्ट पार्टीको रूपमा चीन र भियतनाम दुवैले मैत्रीपूर्ण सम्बन्धलाई कायम राख्दै परम्परागत मित्रतालाई उत्तराधिकार गर्नुका साथै सँगै मिलेर विश्व समाजवादी कार्यको विकासलाई प्रबद्र्धन गर्दै जाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *