नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
हवाना २१ अगस्ट (ग्रान्मा/टेलिसुर) । समाजवादी राज्य क्युवाले छिमेकी राष्ट्र भेनेजुयलामा हिंसात्मक दमनमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ ।
क्युवाली सरकारले भेनेजुयलामा दक्षिणपन्थी विपक्षीमाथि दमन, जासुसी, उत्पीडन र यातनामा क्युवाको कुनैखाले संलग्नता नभएको अगस्ट २० मा परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर अस्वीकार गरेको छ ।
विज्ञप्तिअनुसार, दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा साम्राज्यवादको सहयोगमा दक्षिणपन्थी कू योजनाको असफलता लुकाउने हतासाले संयुक्त राज्य अमेरिकाले कुलीनवर्ग र भू–रणनीतिक हित जोगाउने नियतले टापुराष्ट्र क्युवाविरूद्ध “झूटा र द्वेषपूर्ण आरोपहरूसहित जनमतलाई धोका दिने दुष्प्रयासहरूको नेतृत्व गरिरहेको छ ।
माथि उल्लिखित झूटको प्रवद्र्धनको सेरोफेरोमा भेनेजुयलाका विपक्षी पार्टी र सञ्चारमाध्यमहरूले आफ्नो अभियानलाई वित्त पोषण गर्ने र भेनेजुयलामा अस्थिरता उत्पन्न गर्ने उद्देश्यका लागि एक अमेरिकी लबिङ समूहबाट लाखौँ डलर प्राप्त गरेका छ । प्रतिबन्ध, दबाब र शासन परिवर्तनको योजनासहित अर्को देशको राजनैतिक र आर्थिक जीवनमा हस्तक्षेप गर्ने देश क्युवा होइन र क्युवाले कहिल्यै त्यस्तो गर्ने पनि छैन । भेनेजुयलाका संस्थाहरूलाई कमजोर पार्न मिडिया अभियान सुरु गर्ने, हजारौँ मानिसहरूको ज्यान जोखिममा राखेर र बहुमतको इच्छालाई बेवास्ता गर्ने देश पनि क्युवा होइन । फेरि एक पटक विभिन्न आविष्कार र प्रलोभन प्रयोग गरी क्युवाविरुद्ध झूटको जालो निर्माणमा तिव्रता आएको छ, सञ्चारमाध्यमहरूले यही सङ्केत गरिरहेका छन्, विज्ञप्तिमा अगाडि भनिएको छ ।
विज्ञप्तिमा “क्युवामाथि निन्दनीय आरोप लगाउने प्रयास गर्नेहरू, हस्तक्षेप, हेरफेर र हिंसालाई प्रोत्साहन गर्ने समर्थन र अभ्यास गर्नेहरू हुन्” भनी निन्दा गरिएको छ ।
क्युवा भेनेजुयलाको कुलीनवर्गसँग परिचित रहेको र बोलिभारियाली क्रान्तिले दशकौँको भेनेजुयाली जनतामाथि तिनीहरूको यातना, जबरजस्ती बेपत्ता र हत्याको अन्त्य गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
क्युवाली विदेश मन्त्रालयको विज्ञप्तिमा अगाडि भनिएको छ, “ल्याटिन अमेरिका र क्यारिबियनमा अपरेसन कन्डोरलाई समर्थन गर्ने र सत्ता विप्लवमा संलग्न भाडाका सैनिक र सैन्य बलहरूलाई प्रशिक्षण दिने अमेरिकी भूमिका राम्रोसँग ज्ञात छ ।” “गैरकानुनीरूपमा कब्जा गरिएको क्युवाको भूभाग ग्वान्टानामोमा बन्दीहरूविरुद्ध यातना र डरलाग्दो तरिकाहरूको लागि को जिम्मेवार थियो भने पनि सम्झना नै छ ।”
“त्यस देशमा पनि, गाजामा नरसंहारको विरूद्ध प्रदर्शन गरिरहेका विश्वविद्यालयका विद्यार्थीविरुद्ध केही हप्ताअघि भएको जस्तै, आफ्नै जनताविरुद्ध दमनकारी अभ्यास प्रयोग गरिन्छन् ।”
विज्ञप्तिले धेरै अमेरिकी सरकारहरूको उत्पीडनको नीतिलाई सुदृढ गर्नका लागि बनाइएका झूटा कुराहरूलाई पनि जोडदाररूपमा अस्वीकार गरेको छ, जसको एउटा हिस्सा आर्थिक नाकाबन्दीको कडाइ र क्युवालाई आतङ्कवादलाई प्रायोजन गर्ने राज्यहरूको एकपक्षीय सूचीमा समावेश गर्नु पनि हो ।
साम्राज्यवादी र दक्षिणपन्थीहरूले मापदण्डको रूपमा प्रयोग गर्ने अभद्रता र झूटले क्युवाली क्रान्तिको अखण्डतालाई कहिल्यै कमजोर पार्न सक्नेछैन, न त जनताको इच्छामाथि कहिल्यै विजय हासिल गर्न सक्नेछ, क्युवाली विदेश मन्त्रालयले भनेको छ ।
Leave a Reply