नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
तुलकेरेम (प्यालेस्टिन अधीनस्थ क्षेत्र), ६ भदौ (एएफपी) । वेस्ट बैङ्कस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको कब्जा गरिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाले भने सशस्त्र आतङ्कवादीहरूमाथि आक्रमण गरिएको बताएको छ ।
उत्तरी वेस्ट बैङ्कको तुलकेरेम शिविरमा भएको आक्रमणको क्रममा तीन जनाको मृत्यु भएको रमल्लाहस्थित मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत बताउनुभयो ।
इजरायली सेनाले तुलकेरेममा राति कथित ‘आतङ्कवाद विरोधी अभियान’ सञ्चालन गरेको बताएको छ ।
विज्ञप्तिअनुसार इजरायली सैन्य विमानले सशस्त्र आतङ्कारीहरूमाथि आक्रमण गरेको थियो र स्थल सैनिकहरूले यस क्षेत्रमा सडकमुनि राखिएको विस्फोटक पदार्थहरू फेला पारेको दाबी गरिएकाो छ ।
अगस्टमा वेस्ट बैङ्कमा इजरायली आक्रमणले प्रति दिन औसतमा एकजना प्यालेस्टिनीको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
सन् २००० को दशकको सुरुमा प्यालेस्टिनी विद्रोहको दोस्रो इन्तिफादाको समयमा वेस्ट बैङ्कमा इजरायली हवाई आक्रमणहरू बारम्बार हुने गरेको थियो ।
लामो समयको युद्धविरामपछि अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले गाजापट्टीमा पुनः युद्ध निम्त्याउँदा पछिल्लो समयमा इजरायली कब्जामा रहेको वेस्ट बैङ्कमा हिंसात्मक गतिविधिहरू बढिरहेका छन् ।
Leave a Reply