मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ८ भदौ । श्रमिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शुभचिन्तकहरूबिच २०४५ सालको भक्तपुर काण्डको भत्र्सना कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैया सुवालले तत्कालीन नेपाल मजदुर किसान सङ्गठनले जनतालाई सेवा गरेको देख्न नसकेर पार्टी र नेताहरूलाई समूल नष्ट गर्ने उद्देश्यले भक्तपुर काण्डको षड्यन्त्र गरेको हुँदा जनआन्दोलन भएको र आन्दोलनको सफलताले पञ्चायती व्यवस्था समाप्त भएको बताउनुभयो ।
त्यतिबेला पञ्चायती व्यवस्थाले पार्टीका नेता र जनतालाई अनेक दुःख दिएकोले महिलाहरू बाध्य भएर आन्दोलित भएको स्मरण गर्दै जेलभित्रका नेताहरूको सङ्घर्षको भावना तथा भूमिगत नेताहरूको निर्देशनमा काम गरेकाले सफल भएको उहाँले बताउनुभयो ।
वर्तमान अवस्थामा देश झनझन विकराल स्थितिमा पुगेको बताउँदै महिला नेतृ सुवालले अन्याय, अत्याचार, व्यथिति, भ्रष्टाचारको विरोधमा सङ्घर्षको भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले रामायण र महाभारणमा पनि दाजुभाईबीच षड्यन्त्रपूर्वक झगडा गराएको स्मरण गर्दै संसारभरि अनेकौँ षड्यन्त्रहरू भएका घट्नाहरू सुनाउनुभयो । साना राज्यहरूलाई आफ्नो प्रभुत्वमा राख्न अमेरिकालगायत शक्ति राज्यहरू लागिरहेको उहाँले बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर अध्यक्ष सुर्यभक्त त्वातीले नेमकिपा र भक्तपुरका विषयमा विरोधीहरूले अझैपनि नकारात्मक रूपमा प्रचार गरिरहेको बताउनुभयो । तत्कालीन अवस्थामा वीर अस्पतालमा काम गरिरहेका एक चिकित्सकसँगले ह्योजूलाई आफैले हेरेको अवस्थामा मर्नेसम्मको अवस्थामा नरहेको भनी ठोकुवा गरेबाट त्यतिबेलाको घट्ना राज्यस्तरको षड्यन्त्र नै भएको स्पष्ट पार्नुभयो ।
संस्थाका कानुनी सल्लाहकार विकल प्रजापतिले हरेक घट्नाले सकारात्मक नकारात्मक पाटो हुने बताउँदै पञ्चायती अन्धकारकालमा पनि महिलाहरूले सशक्त प्रतिकार गरेको र कालान्तरमा देशभरिका मानवाधिकारवादी, पत्रकार, कानून व्यवसायी र राजनीतिक दलहरू नेमकिपालाई साथ दिनु सकारात्मक सन्देश हो भन्नुभयो ।
संस्थाको सामाजिक तथा सांस्कृतिक उपसमितिका संयोजक कृष्णनारायण मचामसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकारद्वय लक्ष्मीभक्त कवाँ र गणेशराम सुवाल, समाजसेवी तुल्सीनारायण लाखेमरु, संस्थाका अध्यक्ष राजाराम गोसाई, प्रवन्धक दिनेश ग्वाछा, उपसमितिका सदस्यहरू पृथ्वीकुमार प्रजापति, शिवजी त्वानाबासु, लक्ष्मण तचामोलगायतले आ–आफ्नो स्मरण सुनाउनुभएको थियो ।
Leave a Reply