भर्खरै :

काभ्रेमा भक्तपुर काण्डको विरोध तथा भत्र्सना

काभ्रेमा भक्तपुर काण्डको विरोध तथा भत्र्सना

काभ्रे, ८ भदौ । तत्कालीन नेपाल मजदुर किसान सङ्गठन समूल नष्ट गर्न पञ्चायती राज्य स्तरबाट रचिएको भक्तपुर काण्ड (भाद्र ९) को विरोध तथा भत्र्सना कार्यक्रम नेमकिपा काभ्रे जिल्ला समितिको आयोजनामा मण्डनदेउपुर बालुवापाटीमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले नेपाल मजदुर किसान पार्टी स्थापनाको ५० औँ वर्ष पुगेको छ, यस अवधिमा पुराना कार्यकर्ताहरूको अनुभव र नयाँ पुस्ताको भावनालाई सुन्नु आवश्यक छ भन्नुभयो ।
नेमकिपाले कामदारवर्गको पक्षमा, हेपाइ भोगेर आएकाहरूको निम्ति काम ग¥यो । तिनीहरूको बीचमा गएर सङ्गठन ग¥यो तर जनविरोधीहरूले जनतालाई बाँच्नसम्म नदिने काम गरे । ती जनविरोधी शोषक हिजोका पञ्चहरू काङ्ग्रेस बने । काङ्ग्रेसमा सङ्कट आएपछि एमाले भए । उही प्रवृत्ति माओवादीमा स¥यो । ती सबै नेमकिपाविरूद्ध लागेको गोसाइले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताको विरूद्धमा लागेका षड्यन्त्रकारीहरूलाई जनताले चिनेपछि तिनको पैसा र शक्तिले केही गर्न सक्दैन, बहुमत जनता मिलेपछि प्रतिक्रियावादीहरूको षड्यन्त्र र दमनचक्र चल्दैन । दरबारमा नपस्ने, तिनका कुरा नमान्ने, भारतीय विस्तारवाद मुर्दावाद भन्ने पार्टी भएकोले नेमकिपा षड्यन्त्रको तारो भएको हो ।”
एमसीसी, एसपीपी, नागरिकता विधेयक, महाकाली सन्धी, सिमा अतिक्रमणको विरोधमा निरन्तर आवाज उठाउने पार्टी नेमकिपा मात्र हो । प्यालेस्टिनी नरसंहार र प्रजग कोरियामाथिको नाकाबन्दीको विरोध गरेर अन्तर्राष्ट्रिय सवालमा कर्तव्य निर्वाह गर्ने पार्टी नेमकिपा हो । अरू पार्टीहरूले मुखमा दही जमाएर बसेको उहाँले बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादृुर तामाङले पञ्चायत भित्र गएर जनताको सेवा गर्ने नीति अनुरूप लागेका तत्कालीन नेपाल मजदुर किसान सङ्गठनलाई षड्यन्त्रमा फसाएर निर्दोष नेता कार्यकर्ताहरूलाई यातना दिएको बताउनुभयो । स्थानीय पञ्चहरूले गाउँमा अनेक दमनचक्र चलाएको उहाँले सुनाउनुभयो । प्रतिक्रियावादीहरूले फेरि पनि यस्ता षड्यन्त्रहरू गर्न सक्छन् तसर्थ सचेत रहनुपर्छ भन्नुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले भक्तपुर काण्डको तरङ्ग अहिले पनि मदारी रहेको छ, अनेक लाञ्छना लगाएर काङ्ग्रेस, एमाले, माओवादी लगायतका शासक दलहरूले नेमकिपाको विरूद्ध लाग्ने गरेको बताउनुभयो । २०४५ साल भाद्र ९ गते भक्तपुरमा भएको घटनामा काभ्रे जिल्लाका नेमकिपाका कार्यकर्ताहरूमाथि पनि पञ्चायती राज्यसत्ताले दमन गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा काभ्रे जिल्ला समितिका सदस्य ओमप्रसाद मानन्धर, मुना तामाङ, राजु तामाङलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *