भर्खरै :

षड्यन्त्रबाट जोगिन कार्यकर्ता सजग रहनुपर्ने

षड्यन्त्रबाट जोगिन कार्यकर्ता सजग रहनुपर्ने

कैलाली, ८ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा भदौ ९ ‘भक्तपुर काण्ड’ को विरोधमा भत्र्सना कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले भक्तपुर काण्डको घोर विरोध एवं भत्र्सना गर्दै यस्ता किसिमका षड्यन्त्रबाट जोगिन कार्यकर्ताहरू सजग रहनुपर्ने बताउनुभयो । राजनीतिक दलको कर्तव्य भनेको जनतालाई राजनीतिकरूपमा सचेत पार्नु र सभ्य समाज निर्माण गर्ने हुनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले भक्तपुर काण्डको विरोध तथा भत्र्सना गर्नुभयो ।
नेमकिपा क्रान्तिकारी भूमिसुधारको पक्षमा रहेको चर्चा गर्दै उहाँले क्रान्तिकारी भुमिसुधार भनेको जसको जोत उसको पोत हुने व्यवस्था हो भन्नुभयो ।
गजबहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी पुन, गुप्तबहादुर शाही, देवी अधिकारी, प्रेम सिजापति, एच.बी. र तिलक सिजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *