रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, २८ पुस । अहिले सरकारमा गएका पार्टी र नेताहरुले जनताको पक्षमा कुनै काम नगरेको हुँदा ती पार्टीहरुलाई जनताले दिएको मत खेर गएको मान्नुपर्छ । उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित सदस्य प्रेम सुवालले राख्नुभएको हो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा भएको बधाई तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै सांसद सुवालले भन्नुभयो – निर्वाचनमा देखापरेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भारतीय एकाधिकार पूँजी, अमेरिकी साम्राज्यवाद र नाटो देशहरुको पैसाबाट सञ्चालित गठबन्धन भएको पुष्टि हुँदै गएको छ । नेपाल मजदुर किसान पार्टीले लेनिनवादी नीतिअनुरुप क्रान्तिकारी संसदवादको रुपमा संसदको उपयोग गर्दै आएको चर्चा गर्दै उहाँले जनताको पक्षमा नेमकिपाका प्रतिनिधिहरु सदैव सङ्घर्षरत रहने बताउनुभयो ।
नेमकिपाको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सुरेन्द्रराज गोसाईले पद र पैसाको भरमा जितेर आएका पूँजीवादी पार्टीका प्रतिनिधिहरु संसदभित्र बारम्बार हार्ने बताउनुभयो ।
प्रदेशसभा समानुपातिकतर्फबाट मनोनीत सदस्य सृजना सायजूले पार्टीले दिएको निर्देशनअनुसार पार्टीको सिपाहींको रुपमा काम गर्ने विचार राख्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले पूँजीपति वर्गले प्रयोग गर्ने पूँजीवादी चुनाव र नेमकिपाले उपयोग गरेको चुनावप्रति हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताउनुभयो । जगनाथ सुजखुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अम्बिका न्याइच्याई र सन्तराम दुलालले पनि बोल्नुभयो ।
Leave a Reply