अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाण्डौ, २९ पुस । साहित्यकार नयनराज पाण्डेको नयाँ साहित्यिक कृति ‘यार’ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहबीच सार्वजनिक गरियो ।
उलार, लु, सल्लीपीर, घामकिरी आदि उपन्यासका लेखक पाण्डेको नयाँ कृति आफूले जीवनका विभिन्न कालखण्डमा सङ्गत गरेका साथीहरुको विषयमा केन्द्रित छ । किताबमा जम्मा २५ वटा संस्मरणात्मक निबन्धहरु समावेश छन् ।
कृतिका प्रकाशक फाइन प्रिन्टले आयोजना गरेको कार्यक्रमबीच पाण्डेका ‘यार’हरु पुरुषोत्तम सुवेदी, राजब, श्यामललगायतका लेखकहरुले कृति औपचारिक रुपमा सार्वजनिक गर्नुभयो ।
कृति सार्वजनिक गर्नुअघि कृतिकार नयनराज पाण्डेको लेखनयात्रा, शैली र नयाँ कृतिबारे शिवानीसिं थारुसँग पाण्डेको संवाद भएको थियो । सो क्रममा पाण्डेले आफू कृतिमा लेखिएका सबै संस्मरणमा इमान्दार रुपमा प्रस्तुत भएको बताए ।
२४० पृष्ठको ‘यार’मा सचिनयोगल श्रेष्ठकृत २५ वटा चित्रकाल पनि समावेश छन् ।
Leave a Reply