भर्खरै :

भक्तपुर काण्ड स्मरण कार्यक्रम सम्पन्न

भक्तपुर काण्ड स्मरण कार्यक्रम सम्पन्न

भक्तपुर, १५ भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ विद्यार्थी निकेतन मावि युनिटको आयोजनामा भक्तपुर काण्ड स्मरण कार्यक्रम शिक्षक र विद्यालय कर्मचारीबिच सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर काण्डलाई सङ्कटको रूपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले मानव जीवनमा सधैँभरि सुखमात्र नहुने बरु दुःख वा सङ्कट पनि आउने भएकोले त्यसको लागि हरेकक्षण तयार रहनुपर्ने बताउनुभयो ।
भक्तपुर काण्ड भएको आज ३६ वर्ष बितिसकेको भए तापनि यसको बारेमा नयाँ नयाँ तथ्यहरू बाहिरिने क्रम जारी भएको र यो घटना राजनैतिक इतिहासको एक कालखण्ड भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी इतिहासको अध्ययन गर्छौँ वर्तमान बुझ्नलाई । इतिहास भविष्यसँग पनि गाँसिएको हुन्छ ।”
नेक्राशिसङ्घ नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुले राज्यस्तरबाट रचिएको यस काण्ड सिङ्गो नेपाल मजदुर किसान पार्टीको अस्तित्व नै मेटाउन गरिएको षड्यन्त्र भएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोले राम्रो वा नराम्रो घटनाको संस्मरण, अध्ययन र छलफल गरेर त्यसबाट पाठ सिक्नु राम्रो परम्परा हो भन्नुभयो ।
कार्यक्रममा शिक्षक केपी छुस्याकीले घटनाका बारेमा पावर प्वाइटको माध्यमले सचित्र वर्णन गनुभयो । शिक्षक राज्यश्वरी गाइँजुले स्वागत गर्दै घटनाको फेहरिस्त सुनाउनुभयो ।
कार्यक्रमका सभापति एवं शिक्षक रुपकेशरी उलकले घटनापश्चात् भक्तपुरमा महिलाहरूले ठुलो साहस देखाउँदै पञ्चायती सरकारको ज्यादतीविरुद्ध गल्ली, सडक र चोकमा उत्रेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *