यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १९ भदौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत बुधबार सुकुलढोकामा कार्यालय राखेर सेवा प्रदान गरिएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरूको टोलीले भक्तपुर नगरपालिकाको वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर मङ्गलबारदेखि डोर कार्यक्रम सुरु गरेको थियो । भक्तपुर नगरपालिकाका व्यवसायी, व्यापारीहरूले प्रयोग गरेका नापतौलका सामग्रीहरूको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौँका सहायक निरीक्षक गोविन्द पहारीले बताए ।
सङ्घका अनुसार नापतौल डोर कार्यक्रमअन्तर्गत २० गते बिहीबार लिबाली चोकस्थित एसएन मेटल वर्कसप परिसरमा, २३ गते आइतबार कमलविनायकस्थित बिग मार्ट परिसरमा, २४ गते सोमबार बाराही मन्दिरनजिक डोर कार्यालय रहने छ । त्यसैगरी, २५ गते मङ्गलबार सल्लाघारी चोङा गणेश मन्दिर तलको ढुङ्गेधारा पाटीमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने सङ्घले जनाएको छ ।
सङ्घकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायीहरूको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भक्तपुर उद्योग वाणिज्य सङ्घको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरूमा पनि डोर कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
आफ्नै घरआँगनमा आफूहरूले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरूको दर्ता तथा नवीकरण गर्न पाउँदा स्थानीय खुसी भएको सङ्घका कोषाध्यक्ष एवं सङ्घअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले बताउनुभयो ।
Leave a Reply