यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १९ भदौ । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य ज्ञानबहादुर मानन्धरको नेतृत्वमा बुधबार च्याम्हासिंह – देगइनामा पसल अनुगमन गरियो ।
अनुगमनमा देग ग्रोसरी मार्टमा पसल नवीकरण तीन दिनभित्र गर्न, म्याद नाघेका सामानहरू जम्बो स्प्राइट ५ वटा, सिमिल्याक दूध १ पाकेट, ल्याक्टोजेन दूध १ पाकेट जफत गरी नष्ट गरियो भने प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र लिई लेबल राखी बिक्री वितरण गर्न र प्यान, भ्याट बिल, दर्ता प्रमाणपत्र कागजात नभएकोले आन्तरिक राजस्व कार्यालयले २० हजार रूपैँया जरिवाना गरेको थियो ।
मुकेश फलफूल एन्ड जुस पसल दर्ता नभएकोले दर्ता गराएर म्याद नाघेको मारी बिस्कुट ५ पाकेट, आँप ७ केजी जफत गरी नष्ट गरियो ।
सफ्ट ग्रीन टे«डिङ प्रा.लि. नवीकरण गर्ने, प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र लिई लेबल राखी बिक्री वितरण गर्न निर्देशन दिइयो ।
थ्री बि मार्टमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र लिई लेबल राखी बिक्री वितरण गर्न र लेबल नभएको विश्व मसला उद्योगको बेसार ९ पाकेट, खुर्सानी १० पाकेट, जिरा ८ पाकेट, धनियाँ २ पाकेट जफत गरी नष्ट गरियो ।
विश्व आलु प्याज भण्डारमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र लिई लेबल राखी बिक्री वितरण गर्नुपर्नेमा लेवल नभएकोले तीन दिनभित्र कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइयो ।
स्टार मिनि मार्टमा म्याद नाघेका सामानहरू कोलगेट टुथपेष्ट १, रियल जुस १, ल्याक्टो फन १, डाइजेस्टिभ बिस्कुट ४, टपटड्का १, निशा कलर १, ड्रकको अचार ३, सेटो मरिच ७, कालो मरिच १, टिमुर सानो ६ पाकेट र ठुलो १३ पाकेट जफत गरी नष्ट गरियो ।
अनुगमनमा स्यानिटेसन उपशाखा प्रमुख दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका प्रभाषकुमार चालिसे, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर काफ्ले, घरेलु तथा साना उद्योगका सुमित्रा श्रेष्ठ, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका लक्ष्मीप्रसाद कासुलाको सहभागिता थियो ।
Leave a Reply