भर्खरै :

नेमकिपा देश र जनताप्रति समर्पित भई बहुसङ्ख्यक जनताको हक हितको निम्ति सङ्घर्ष गर्दै

नेमकिपा देश र जनताप्रति समर्पित भई बहुसङ्ख्यक जनताको हक हितको निम्ति सङ्घर्ष गर्दै

भक्तपुर, २३ भदौ । भक्तपुर नगरपालिका ६ नं वडा कार्यालयको आयोजनामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा २०४५ सालमा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्न्त्र भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम भयो ।
उक्त कार्यक्रममा सांसद सुवालले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार देश र जनताप्रति समर्पित भई बहुसङ्ख्यक जनताको हकहितको निम्ति सङ्घर्ष गर्दै आएको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थिचोमिचो, अन्याय, अत्याचार, हस्तक्षेपको विरोधमा गरिएको सङ्घर्षदेखि तर्सेर पञ्चायती राज्यस्तरबाट नेपाल मजदुर किसान पार्टीलाई उन्मूलन गर्न क्रुर दमन भएको उल्लेख गर्दै उहाँले शासक दलहरूको षड्यन्त्रकारी नीतिको विरोध गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पैसाको आडमा छलछाम गरी चुनाव जित्ने दलको कारण सर्वसाधारण जनताले दुःख पाइरहेको चर्चा गर्दै सचिव सुवालले स्वदेशी उत्पादनलाई बेवास्ता गरी भारतीय विषाक्त तरकारी भित्याइरहेको छ भन्नुभयो । सत्तासीन दलबाट अनेक प्रपञ्च गरी हालसम्म ख्वप विश्वविद्यालयले स्वीकृति नपाएको उहाँले चर्चा गर्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका लक्ष्मीभक्त लासिवाले नेपाल मजदुर किसान पार्टीले देश र जनताको पक्षमा एक्लै भए पनि सत्तासीन दलहरूलाई संसद्मा खबरदारी गरी प्रतिपक्षको भूमिका निर्वाह रहेको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैँया सुवालले प्रौढ कक्षाबाटै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनैतिक आन्दोलनको प्रशिक्षण पाएको उल्लेख गर्दै भक्तपुर काण्डजस्तो असहज परिस्थितिमा महिलाहरूले गरेको सङ्घर्षशील भावना कायम राख्नुपर्छ भन्नुभयो ।
नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले बहुसङ्ख्यक किसानहरूको आर्थिक तथा राजनैतिक चेतनास्तर नउठेसम्म देश अगाडि बढ्न नसक्ने उल्लेख गर्दै किसान आन्दोलनका कारण मोहियानी हक कायम भएको चर्चा गर्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैँया सुवालले पञ्चायती राज्यस्तरबाटै नियोजितरूपमै कर्णप्रसाद ह्योजुलाई २०४५ सालको भूकम्पमा राहत वितरण गराएको चर्चा गर्दै भक्तपुर काण्डमा भएको अमानवीय दमन निन्दनीय छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् वडाध्यक्ष हरिराम सुवालले शासक दलहरूको षड्यन्त्रको सधैँ विरोध गरिरहनुपर्दछ भन्नुभयो ।
कार्यक्रममा गोपीकृष्ण चाँगुभारी, मञ्जु कुम्पाख र सानुमैँया बजिकोले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *