अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
आज माघे सङ्क्रान्ति । घ्यू, चाकु खाने पर्व भएकोले यो पर्वलाई घ्यू चाकु सङ्क्रान्ति भनिन्छ । अरु पर्वजस्तै यो पनि एक महत्वपूर्ण पर्व हो । चिसोयामको यो पर्वमा जीउ तताउने या ऊर्जा दिने तरुल, घ्यू र चाकु खाने पर्व मनाउनु विज्ञानसम्मत छ । विशेषगरी यो पर्वमा घ्यू, चाकु र तरुल खाइन्छ । घाममा बसेर तेल लगाइन्छ । शीत लहर चलेर जाडो भइरहेको बेला घ्यू, चाकु र तरुल खानु झनै सान्दर्भिक देखिएको छ । सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्नु नै सङ्क्रान्ति हो । यसैबेला सूर्य दक्षिणबाट उत्तरतिर सर्दै जान्छ । आजैदेखि रात छोटिंदै र दिन लम्बिदै जान्छ । त्यसो त यो माघे सङ्क्रान्तिभन्दा एक महिनाअघि योमरी पूर्णिमा मनाइएको थियो । त्यसबेलादेखि योमरीको चुचो भागदेखि दिन लामो हुने जनसु्रति छ । नेपालीहरूले मनाउ“दै आएको यो पर्वले दिन लामो र रात छोटो हुने सङ्केत गरेको छ । घ्यू, चाकु र तरुलले शरीर तताउ“छ या ऊर्जा दिन्छ । ती वस्तुभित्र ग्लुकोज, कार्वोहाइडे«ड शक्ति हुन्छ, क्यालोरी, आइरन हुन्छ । यो शरीरको लागि आवश्यक पनि छ । अरु बेला नखाए पनि आज घ्यू, चाकु र तरुल खाइन्छ । यसरी वर्षको एकचोटि घ्यू, चाकु र तरुल खाएर जीउ तताउने या ऊर्जा बढाउने काम यो पर्वमा हुन्छ । यही बेला सूर्य मकर राशिमा प्रवेश हुन्छ । यसैले यो पर्वलाई मकर सङ्क्रान्ति भनिन्छ । यसकारण यो पर्व अनेक दृष्टिले महत्वपूर्ण छ ।
Leave a Reply