बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
सिकर्मी र डकर्मीहरू प्राविधिक हुन् । उनीहरूसँग सीप र कला छ । तिनै डकर्मी र सिकर्मीहरूले नै विश्व चर्चित पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, पचपन्न झ्याल आदि बनाएका हुन् । काठैकाठको भैरवनाथको निर्माण गर्ने पनि सिकर्मीहरू नै हुन् । कति हाम्रा पूर्वज सिकर्मीहरू बिते । अझै पुराना र अग्रज सिकर्मीहरू भक्तपुरको साथै देशको कुनाकाप्चामा छरिएर रहेका छन् । कला र संस्कृतिको विकास गर्ने, संरक्षण र संवद्र्धन गर्ने हाम्रा अग्रजहरूसँग काष्ठकलाको सीप छ, अनुभव छ तर औपचारिक शिक्षा छैन । सामान्य लेखपढ गर्न जानेको भरमा सिकर्मी पेशामा लागेका अग्रजहरूलाई सरकारले कहिल्यै चिनेन, सम्मान गर्ने त कुन चराको नाउँझैं भएको छ । सिकर्मी र डकर्मीहरू प्राविधिक हुन् । उनीहरूसँग सीप र कला छ । तिनै डकर्मी र सिकर्मीहरूले नै विश्व चर्चित पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, पचपन्न झ्याल आदि बनाएका हुन् । काठैकाठको भैरवनाथको निर्माण गर्ने पनि सिकर्मीहरू नै हुन् । कति हाम्रा पूर्वज सिकर्मीहरू बिते । अझै पुराना र अग्रज सिकर्मीहरू भक्तपुरको साथै देशको कुनाकाप्चामा छरिएर रहेका छन् । कला र संस्कृतिको विकास गर्ने, संरक्षण र संवद्र्धन गर्ने हाम्रा अग्रजहरूसँग काष्ठकलाको सीप छ, अनुभव छ तर औपचारिक शिक्षा छैन । सामान्य लेखपढ गर्न जानेको भरमा सिकर्मी पेशामा लागेका अग्रजहरूलाई सरकारले कहिल्यै चिनेन, सम्मान गर्ने त कुन चराको नाउँझैं भएको छ ।
सिकर्मी मजदुरलाई ऐक्यबद्ध गर्ने, स्थानीय कच्चापदार्थलाई प्राथमिकतामा राखी देशको परम्परागत काष्ठकला र संस्कृतिसँग सम्बन्धित आफ्नो सीप विकास गर्ने र सिकर्मी व्यवसायको हकहितको निम्ति भक्तपुर सिकर्मी सङ्घ गठन भएको छ । सङ्घले स्थापनाकालदेखि नै सरकारको अव्यवहारिक कर नीतिको विरोध गर्दै आएको हो । साना तथा घरेलु व्यवसाय विस्थापित गर्ने अभिप्रायले ल्याइएको अनिवार्य भ्याट करविरुद्ध सङघले लड्दै आएको हो । व्यवसायीहरूले उत्पादन गरेका फर्निचरका सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा गाडी र सामग्रीसमेत समात्ने र थुन्ने कार्यले सिकर्मी व्यवसायीहरू चिन्तित छन् । अव्यवहारिक कर नीतिको विरोधमा भक्तपुर सिकर्मी सङ्घ सङ्घर्षरत छ । साना व्यवसायले वार्षिक न्यूनतम निश्चित कर तिरे पुग्ने व्यवस्था गर्नुपर्ने माग सो सङ्घको रहेको छ । सङ्घले सिकर्मी व्यवसायीहरूको हकहितको निम्ति राजस्व विभाग, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयको ध्यानाकर्षण गर्दै आएको हो ।
सङ्घको आन्दोलनकै कारण आब २०७२÷०७३ मा साना तथा घरेलु व्यवसायको वार्षिक कारोबारको थेसहोल्ड रु. २० लाखबाट ५० लाख पु¥याइयो । सिकर्मी व्यवसायीहरूको अझै थुपै्र समस्या छ । समस्या समाधान गर्न सङ्घ सङ्घर्षरत छ । आफ्नो श्रम र सीपको विकास गर्न र गराउन सिकर्मी व्यवसायीहरू एकजुट हुनुपर्छ । युवाहरूलाई विदेशीको सस्तो ज्यामी र दास बनाउने कामको विरोध गरी रोजगारी सिर्जना गर्ने काममा सिकर्मीहरू सङ्घर्षरत हुनुपर्छ । सङ्घको सङ्घर्षले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरी स्वदेशमै स्वरोजगार बन्ने काममा थोरै भए पनि टेवा पुग्नेछ । सरकारले प्रगतिशील कर लागू गर्नुपर्छ । अव्यवहारिक नीति र निर्णय हटाउनुपर्छ । अव्यवहारिक कर नीति खारेज गर्न सिकर्मी व्यवसायहरूले आ–आफ्नो औजार लिएर कर कार्यालय, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयमा धर्ना दिन नपरोस् ।
– दानबहादुर कपाली
Leave a Reply