अमेरिकाको मौनता कपट र दोहोरो मापदण्ड
- आश्विन २६, २०८१
प्रिय मजदुर दैनिक
सामान्य समयमा इजरायलले कोलम्बियाको आधाभन्दा बढी कोइला आयात गर्दछ । त्यो कोइलाले इजरायलको बिजुली ग्रिडलाई ऊर्जा दिन्छ, बत्ती बाल्छ र कारखाना सञ्चालन गर्दछ । तर, यो सामान्य समय होइन । इजरायलले गाजामा प्यालेस्टिनी जनताविरुद्ध नरसंहार गरिरहेको छ । आधिकारिक इजरायली ट्विटर खाताले गाजामा ‘कुनै निर्दोषहरू छैनन्’ भनी दाबी गर्दै आफ्नो हत्यारा उद्देश्य लुकाउने पोस्टको विज्ञापन गर्न भुक्तान गरिरहेको छ ।
प्रोग्रेसिभ इन्टरनेसनलको काउन्सिलमा समेत रहनुभएका कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले इजरायलको अपराधको निन्दा र कूटनीतिक सम्बन्ध तोड्नेमा स्पष्टरूपमा बोल्नुभएको थियो । तर, कोइलाका जहाजहरू अझै पनि उसको किनार छोडेर भूमध्यसागर हुँदै एट्लान्टिक हुँदै इजरायलतर्फ गइरहेका थिए ।
अहिले कोलम्बियालीहरू गाजाको विनाशमा संलग्न हुन चाहँदैनन् । राष्ट्रपति पेट्रोले घोषणा गर्नुभएको छ, इजरायलले जबसम्म गाजाबाट इजरायली सेना फिर्ता गर्ने अन्तर्राष्ट्रिय अदालतको आदेशसहित अन्तर्राष्ट्रिय कानुनको पालना गर्दैन कोलम्बियाले त्यहाँ कोइला पठाउने छैन ।
द्वन्द्वमा कोलम्बियाको भौतिक हस्तक्षेपले आफ्नो ऊर्जा स्रोतहरू फिर्ता लिएर इजरायली युद्ध मेसिनको विरूद्ध महत्वपूर्ण प्रतिकार गरेको छ । इजरायलको ग्रिडले अब कोइला ऊर्जाको वैकल्पिक स्रोतहरू खोज्दै छ ।
यस बढ्दो दबाबको सन्दर्भमा, प्यालेस्टिनका लागि विश्वव्यापी ऊर्जा नाकाबन्दीले कोलम्बियाको कोइला मजदुर युनियन र कोलम्बियाका अन्य लोकप्रिय शक्तिहरूसँग मिलेर कोइला निर्यात प्रतिबन्धको अभियानमा काम गरेको थियो । दक्षिण अफ्रिकालगायत अन्य कोइला निर्यातकर्ताहरूलाई आह्वान गरिरहेको छ । कोलम्बियाले इजरायलको कोइला आयातमा ९ प्रतिशत योगदान गरिरहेको थियो ।
संरा अमेरिका र यसका युरोपेली अधीनस्थ राज्यहरूले इजरायलको नरसंहारलाई आर्थिक कोष र इन्धन दिन जारी राख्दा, ग्लोबल साउथका राज्यहरू र विश्वभरका आन्दोलनहरूले इजरायलको युद्ध मेसिनलाई प्रतिबन्धित गर्न कदम चाल्न जरूरी छ ।
ऐक्यबद्धतामा,
प्रगतिशील अन्तर्राष्ट्रिय सचिवालय
Leave a Reply