भर्खरै :

‘चाइना विक’ अमेरिकी सांसदहरूको जनसम्बन्धको स्टन्ट मात्र हो

‘चाइना विक’ अमेरिकी सांसदहरूको जनसम्बन्धको स्टन्ट मात्र हो

आजकल वाशिङ्टनमा केही अतिवादी राजनीतिकर्मीहरू सक्रिय छन् । अमेरिकाका राजनीतिकर्मीहरूले बन्दुक, गर्भपतन र अन्य धेरै मुद्दाहरू बोकेका छन् । तर, डेमोक्राय्टहरूलाई लाग्छ, उनीहरूको आवाजले उनीहरूका समर्थकहरू निर्देशित हुनेछन् । त्यस्तै, रिपब्लिकनहरूका सन्देशहरूले आफ्नै आधारलाई लक्षित गर्नेछन् ।
यद्यपि, जब चीनको कुरा आउँछ, अमेरिका र विश्वका लागि वास्तविक खतरा चीन हो भनी दुवै पक्षका राजनीतिज्ञहरूको तर्कलाई पुष्टि गर्न एकपछि अर्को संदिग्ध कानुन बनाइन्छ । सांसदहरू अमेरिकालाई चीनको ‘खराब’ उद्देश्यबाट सुरक्षित राख्ने दाबी गर्छन् ।
चीनलाई दण्डित गर्ने जोशमा हालै विगतको सबैभन्दा अविवेकी नीतिहरूमध्ये एक पुनरुत्थान समावेश छ ः चाइना इनिसिएटिभ । यो अमेरिकी संस्थाहरूमा चिनियाँ विद्वान्हरूको अज्ञात सङ्ख्यालाई लक्षित गर्न आवश्यक ठानिएको एक भ्रामक प्रयास हो । यसलाई अमेरिकी राजनीतिज्ञहरूले चीनसँग आफ्ना खोजहरू साझा गरेको दाबी गरे । चिनियाँ सेना वा सरकारी एजेन्सीहरूसँग पहिलेको कथित सम्बन्धलाई रोकेको छ ।
चीनविरुद्धको पहलसँग मिल्दोजुल्दो विधेयक बुधबार ढिलो राति (अमेरिकी समयअनुसार) हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भयो । आगामी दिनमा जे भए पनि, हामीले यो सम्झनु बुद्धिमानी हुनेछ कि मौलिक पहलमा कम्तीमा दुईवटा संक्षरक पक्षहरू थिए ।
पहिलो, ऐनले अमेरिकाभरि एसियाली र चिनियाँविरोधी हिंसात्मक क्रियाकलापहरूको सङ्ख्यामा वृद्धि ग¥यो र यो वैमनस्य सन् २०२४ मा पनि जारी छ । यस वर्षको सुरुमा जारी गरिएको एउटा प्रतिवेदनमा ३२ प्रतिशत एसियाली अमेरिकीहरूले सन् २०२३ र २०२४ को प्रारम्भमा उनीहरूको विरुद्धमा गाली प्रयोग भइरहेको रिपोर्ट गरेको पाइएको छ । सन् २०२४ मा एसियाली अमेरिकीहरूको २९ प्रतिशतले उनीहरूलाई मौखिकरूपमा उत्पीडन वा दुव्र्यवहार गरिएको बताए ।
दोस्रो, ऐनले चीनमा जन्मेका र अमेरिकी कलेज र विश्वविद्यालयहरूमा काम गर्ने विद्वान्हरूमा डर पैदा गरायो । अमेरिकी अखबार–इनसाइड हायर एडलाई उद्धृत गर्दै लेख्छ, “अमेरिकी विश्वविद्यालयहरूमा आधा चिनियाँ वैज्ञानिकहरू अमेरिकी सरकारद्वारा निगरानी गरिएकोलाई चिन्ताको विषय भएको रिपोर्ट गर्छन् । व्यापारिक गोप्यताहरूको चोरीसँग लड्न चीनको न्याय विभागको पहलले अमेरिकी विज्ञानलाई हानि पु¥याउन सक्छ ।”
कुनै पनि संशोधित चीनविरोधी पहलकदमी कानुन बन्ने सम्भावना कम भए पनि अमेरिकाबाट चिनियाँ विद्वान्हरूको चीन फिर्ता पलायन जारी रहनेछ भन्ने विश्वास गर्ने आधारहरू छन् । अमेरिकी संस्थानहरू यस ब्रेन ड्रेनबाट पीडित छन् र चिनियाँ विद्वान्हरू पनि विश्वका सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूबाट बहिष्कृत भएर पीडित छन् ।
यसैबिच, अमेरिकी राजनीतिज्ञहरू चिनियाँ संस्थाहरूसँग विशेष अनुसन्धानमा संलग्न अमेरिकाका कलेज र विश्वविद्यालयहरूलाई सजाय दिन लागिरहेका छन् । फलस्वरूप, एउटा अमेरिकी उच्च शिक्षा संस्था ‘जर्जिया टेक’ ले तियानजिन विश्वविद्यालयसँगको आफ्नो साझेदारी अन्त्य गर्ने रोजेको छ ।
अर्को दृष्टिकोणले हेर्दा, अमेरिकी राजनीतिज्ञहरू चिनियाँ विद्वान्हरूलाई विश्वास गर्न सकिरहेका छैनन् र चीनसँग अन्तर्राष्ट्रिय अनुसन्धानलाई बढावा दिने कुनै पनि अमेरिकी संस्थाले गम्भीर दण्डको सामना गर्नुपर्छ भन्ने धारणालाई अगाडि बढाउन कटिबद्ध छन् । त्यस्ता विचारहरू कसरी संरा अमेरिकाको सबैभन्दा आधारभूत मूल्य मान्यताहरूसँग मेल खान्छ भनेर व्याख्या गर्न सक्ने प्रभावशाली आवाज वाशिङ्टनमा भेट्टाउन गा¥हो छ ।
‘चाइना विक’ (चीन सप्ताह) निश्चितरूपमा एक प्रमुख जनसम्पर्क अभियानजस्तो देखिन्छ । संरा अमेरिकामा एउटा पुरानो भनाइ छ कि बहुसङ्ख्यक अमेरिकी मतदाताले श्रम दिवसपछि राजनीतिमा ध्यान दिने गर्दैनन् ।
जनसम्पर्क अभियान स्टन्ट होस् वा नहोस्, हामीले महत्वपूर्ण कुरा बिर्सनुहुँदैन । रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रले हालै निष्कर्ष निकालेको छ कि विगत दुई वर्षमा ६०० भन्दा बढी चीनविरोधी विधेयकहरू अघि ल्याइएको छ । अमेरिकी संसदको ११८ औँ अधिवेशनले अघिल्लो सत्रमा भन्दा विशेषरूपमा चीनलाई उल्लेख गर्दै धेरै कानुन र नियमहरू ल्याएको छ । चीनको चिन्ता अमेरिकामा नीतिगत बहसको केन्द्रबिन्दु बनेको छ । चीनले अन्य देशका लागि पनि प्रेरणाको रूपमा काम गरिरहेको छ ।
अमेरिकाको राजनीतिक प्रवचनमा जब चीनको कुरा आउँछ त्यसमा सामान्य ज्ञानको अभाव हुन्छ र मुख्यधाराको मिडियाले जति धेरै ठाउँ पाउँछ, त्यसले देशभरको जनमतलाई त्यति नै बढी क्षति पु¥याउँछ । नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जसले जिते पनि संरा अमेरिकाको चीनविरोधी बयानबाजी वा यसको दुष्ट स्वरमा परिवर्तनको आशा गर्ने कुनै आधार छैन ।
(लेखक रोबर्ट मोरेटी विश्वविद्यालयको सञ्चार र सङ्गठनात्मक नेतृत्व विभागमा सहयोगी प्राध्यापक हुनुहुन्छ ।)

– ग्लोबल टाइम्स अनलाइन
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *